सबै विद्यालय बन्द गर्नेबारे सीसीएमसी र शिक्षा मन्त्रालय नै कुरा मिलेन

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरे पनि शिक्षा मन्त्रालयले भने विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरेको छैन।

सीसीएमसी व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै कम्तीमा पनि माघ १५ गतेसम्म देशभरीका सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको थियो।

सीसीएमसीले कम्तिमा पनि १५ दिन विद्यालय बन्द गर्न सिफारिस गरे पनि अहिलेसम्म यस विषयमा कुनै निर्णय नभएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।

सिसीएमसी व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण नियन्त्रणको लागि विद्यालय बन्दसँगै सार्वजनिक स्थानमा २५ जना बढी मानिस भेला हुन नपाउनेसहितका प्रतिबन्धात्मक व्यवस्था गर्न पनि सरकारलाई सिफारिस गरेको छ।

सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । उनका अनुसार सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्‍याक्सिन कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्‍ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।

यस्तै सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने बैठकले निर्णय गरेको हो ।

यस्तै बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ ।

नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको