पूर्वराजा ज्ञानेन्द्र किन जाँदैछन् सिंहदरबार ?

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ ।

उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले बताए । मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ । यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।

यस्तै देशका विभिन्न पालिकाहरुले पर्सी २७ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । विभिन्न नगरपालिकाहरुले फरक–फरक सूचना जारी गर्दै सार्वज्निक विदाबारे जानकारी गराएको हो ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर २७ गते देशभर सार्वजनिक विदा दिन आग्रह गरेका छन् ।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेर यस्तो आग्रह गरेका हुन् । बालुवाटार पुगेका लिङ्देनसहित राप्रपा नेताहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।

पृथ्वी जयन्तीका दिन पुस २७ मा बिदा दिन राप्रपा प्रतिनिधिमण्डलले माग गरिएको राप्रपा नेता मोहन श्रेष्ठले बताए । साथै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पनि राप्रपाले माग गरेको छ । राप्रपाले प्रधानमन्त्री देउवालाई पृथ्वी जयन्तीमा बिदा दिन माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ।

यस्तै गोरखाको गोरखा नगरपालिकाले पृथ्वीजयन्तीको दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गोरखा नगरकार्यपालिकाको बैठकले पृथ्वी जयन्तीकाको अवसरमा आउँदो पुस २७ गते सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।

२०७८ पौष २७ गते मंगलबार यस नगरपालिकाका कार्यालय, वडा कार्यालयहरु, नगरपालिका अन्तरगत स्वास्थ्य संस्थाहरु तथा शैक्षिक संस्थाहरुमा १ दिन सार्वजनिक बिदा हुने नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै, स्याङ्जाको वालिङ नगरपालिकाले आज आइतवार एक सूचना निकालेर पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । पृथ्वीनारायण शाहप्रति सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा भनिएको छ ।

विश्व हिन्दु युवा संघ स्याङ्जाको अनुरोधलाई स्वीकार गर्दै एकता दिवस मनाउने उद्धेश्यले सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ। संघका अध्यक्ष नवराज पौडेल, केन्द्रीय सदस्य डण्डपाणी पंगेनी, समाजसेवीद्धय बसन्त मल्ल र राजु रेग्मी लगायतका पदाधिकारीसहितको टोलीले वालिङ् नगर प्रमुख दिलिपप्रताप खाँणलाई २७ गतेलाई राष्ट्रिय एकता दिवससहित सार्वजनिक बिदाको माग गर्दे अनुरोधपत्र बुझाएका थिए।

विभिन्न बाईसे र चौबिसे राज्यमा टुक्रे मुलुकलाई एकीकरण गरेर ऐतिहासिक कार्य गरेका व्यक्तिलाई कहिल्यै बिर्सनु नहुने सो पत्रमा उल्लेख छ । सो पत्र बुझ्दै नगर प्रमुख खाँणले सबैभन्दामाथि राष्ट्र र राष्ट्रियता भयको बताउँदै पृथ्वीनारायण शाहका योगदान र साहसलाई सम्मान गर्दे पुस २७ गते राष्ट्रिय एकताको अवसरमा सार्वजनिक बिदा दिने बताए।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको