काठमाडौं– एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ। पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ।
अधिकाशं स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन भएको छ। सोमबार पनि कतिपय जिल्लाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा भइरहेको छ।
देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये अहिलेसम्म परिणाम आएका अधिकांश जिल्लामा सहमतिमा नै नेतृत्व चयन भएको छ। सोमबार मध्याह्न सम्म ४१ जिल्ला र गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको हो।
नेकपा एमालेका अनुसार अध्यक्ष चयनका भएका कतिपय जिल्लामा अन्य पदमा चुनावी प्रतिस्पर्धासमेत भइरहेको छ। स्वस्थ्य प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन गर्न भनेपनि कतिपय ठाउँमा प्यानल नै बनाएर निर्वाचन भइरहेको छ।
अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत) झापामा दीपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल, धनकुटामा इन्द्रमणि पराजुली, तेह्रथुममा तेजमान कन्दङ्वा, पाँचथर – राजकुमार भण्डारी, भोजपुर –शरण राई, सोलुखुम्बु–डुफकुमार बास्तोला, इलाम–महेश बस्नेत र प्रदेश २ को सप्तरीबाट ताराकान्त चौधरी, चयन भएका छन्।
बागमती प्रदेशतर्फ धादिङ – भूमी त्रिपाठी, काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु, भक्तपुर – बचन देउजा, रसुवा – कर्णेल तामाङ, रामेछाप – आनन्दकुमार श्रेष्ठ, नुवाकोट – बद्री मैनाली, मकवानपुर – एकलाल श्रेष्ठ, काठमाडौं – दीपक निरौला
ललितपुर – पुरुषोतम आचार्य र सिन्धुली– कुमार कार्की चयन भएका छन्।
त्यस्तै गण्डकीबाट गोरखा – प्रेम गुरुङ, तनहुँ – श्रीप्रसाद श्रेष्ठ, म्याग्दी – देवेन्द्र केसी, लमजुङ – कृष्णप्रसाद अधिकारी र बागलुङबाट हिराबहादुर केसी चयन भएका छन्।
त्यस्तै लुम्बिनीतर्फबाट पाल्पा – धनेन्द्रराज घिमिरे, गुल्मी – बालकृष्ण काउछा मगर, अर्घाखाची – पिताम्बर भुसाल, बाँके – किस्मत कुमार कक्षपती, बर्दिया – लालबहादुर श्रेष्ठ, दाङ – हुकुमबहादुर बस्नेत, रुपन्देही – तेजेन्द्र केसी, कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित), नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी निर्वाचित भएका छन्।
कर्णाली प्रदेशबाट डोल्पा – शेरबहादुर बुढा, सल्यान – गोविन्द पुन मगर, जुम्ला – शान्तिलाल महत, सुदूरपश्चिम प्रदेशबाट डडेल्धुरा – प्रकाश साउद, बैतडी – सुरेन्द्र पाल र गैर भौगोलिक जिल्लाबात मजदूर विशेष – जितेन्द्र श्रेष्ठ पेशागत विशेष – उमेश ढकाल चयन भएका छन्।