बाबुराम भट्टराईमाथि सरिता गिरीले लगाइन् गम्भीर आरोप, लेखिन् यस्तो स्टाटस

काठमाडौं – पूर्व सांसद सरिता गिरीले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराएको आरोप लगाएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा गिरीले भट्टराईबारे गम्भीर टिप्पणी गर्दै ण्डा लगाएर घरमा आक्रमण गराएको आरोप लगाएकी हुन् । उनले घरमा छोरी मात्र भएको अवस्थामा आक्रमण भएको भन्दै आफ्नी छोरीले बयान समेत दिएको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्ः तपाईं क्रुर अपराधी हुनुहुन्छ डा. भट्टराई । बाबुरामले गरेका विकासका कुरा नक्कली भएको टिप्पणी गरेकी छिन् । बाबुरामका कारण जनतालाई करको भार परेको बताएकी छिन् । यस्तै उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘मेरी छोरीले तपाईंका गुण्डाहरुको विरुद्धमा बयान दिएकी छिन् ।’

समाजवादी पार्टीकी पूर्व सांसद गिरीले यसअघि लिम्पियाधुरा–कालापानीसमेतका भूभाग समेटेर सरकारले नयाँ नक्सा जारी गरेकोमा विरोध जनाएकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् ।

समाजवादी पार्टीको संसदीय दलले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेपछि पार्टीबाट हटाएको थियो । पार्टीबाट हटेपछि उनको सांसद पद पनि गुमेको थियो ।

केही समयअघि गिरीले मधेस विकास फोरम गठन गरेकी छन्। समाजवादी पार्टीको कारबाही पछि सांसद पदबाट मुक्त गिरीले सिराहाको लहानमा मधेस विकास फोरम गठन गरेकी हुन्।

फोरमको संयोजकमा गिरी आफै छिन भने उपसंयोजकमा लहान नगरपालिकाका स्थानीय राम प्रसाद महतो रहेका छन्। स्थानीय तहमा वातावरणको संरक्षण गर्दै सहभागिता मूलक जनमुखी विकास, विधिको शासन र मानव सुरक्षाको सुनिश्चितताका लागि भन्दै उनले फोरम गठन गरेकी हुन् ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको