बाबुराम भट्टराईमाथि सरिता गिरीले लगाइन् गम्भीर आरोप, लेखिन् यस्तो स्टाटस

काठमाडौं – पूर्व सांसद सरिता गिरीले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराएको आरोप लगाएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा गिरीले भट्टराईबारे गम्भीर टिप्पणी गर्दै ण्डा लगाएर घरमा आक्रमण गराएको आरोप लगाएकी हुन् । उनले घरमा छोरी मात्र भएको अवस्थामा आक्रमण भएको भन्दै आफ्नी छोरीले बयान समेत दिएको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्ः तपाईं क्रुर अपराधी हुनुहुन्छ डा. भट्टराई । बाबुरामले गरेका विकासका कुरा नक्कली भएको टिप्पणी गरेकी छिन् । बाबुरामका कारण जनतालाई करको भार परेको बताएकी छिन् । यस्तै उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘मेरी छोरीले तपाईंका गुण्डाहरुको विरुद्धमा बयान दिएकी छिन् ।’

समाजवादी पार्टीकी पूर्व सांसद गिरीले यसअघि लिम्पियाधुरा–कालापानीसमेतका भूभाग समेटेर सरकारले नयाँ नक्सा जारी गरेकोमा विरोध जनाएकी थिइन् । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन हालेकी थिइन् ।

समाजवादी पार्टीको संसदीय दलले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेपछि पार्टीबाट हटाएको थियो । पार्टीबाट हटेपछि उनको सांसद पद पनि गुमेको थियो ।

केही समयअघि गिरीले मधेस विकास फोरम गठन गरेकी छन्। समाजवादी पार्टीको कारबाही पछि सांसद पदबाट मुक्त गिरीले सिराहाको लहानमा मधेस विकास फोरम गठन गरेकी हुन्।

फोरमको संयोजकमा गिरी आफै छिन भने उपसंयोजकमा लहान नगरपालिकाका स्थानीय राम प्रसाद महतो रहेका छन्। स्थानीय तहमा वातावरणको संरक्षण गर्दै सहभागिता मूलक जनमुखी विकास, विधिको शासन र मानव सुरक्षाको सुनिश्चितताका लागि भन्दै उनले फोरम गठन गरेकी हुन् ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको