पुरानो रेकर्ड तोड्दै ओलीले बनाए नयाँ रेकर्ड

नेकपा एमालेले प्रतिनिधि सभा अवरोधमा आफ्नो पुरानो रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ। २०५७ सालमा एमालेले ५७ दिन संसद अवरोध हटेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद अवरोधको समय अझै लम्ब्याउने संकेत गरिरहेका छन् ।

एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनका सबै बैठक अवरूद्ध गरेको थियो। २०७८ भदौ २३ गते बुधबारबाट सुरू भएको नवौं अधिवेशन २०७८ कात्तिक ११ सम्म ५१ दिन चलेको थियो। ती सबै बैठकमा एमालेले वेल घेराउ गर्दै नाराबाजी गर्‍यो। एमालेको अवरोधबीच १२ दिनमा १३ पटक बैठक बसेको थियो। नाराबाजीबीच सरकारले बजेट पास गरेको थियो।

एमालेले आफ्नो पार्टी विभाजन गर्न सरकारले बीस प्रतिशत केन्द्रीय सदस्यले पार्टी विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाउँदै आएको छ। साथै आफ्नो पार्टीले कारबाही गरेका व्यक्तिलाई संसदमा सहभागी गराएको भन्दै सभामुखले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ।

एमालेले प्रतिनिधि सभाको दशौं अधिवेशनमा पनि सुरुवातदेखि नै प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएको छ। २०७८ मंसिर २८ देखि सुरू भएको दशौं अधिवेशनका अहिलेसम्म ३ वटा बैठक भएका छन् । मंसिर २८, पुस ६ र पुस ७ का तीन वटै बैठकमा एमालेले अवरोध गरेको छ। त्यसपछि पुस १८ गतेका लागि तोकिएको बैठक ३ पटक सूचनामार्फत् स्थगित गरिएको छ।

संसदको अधिवेशन चालु रहेको अवधिको मात्र हिसाब गर्ने हो भने एमालेले संसद अवरोध गरेको दिन संख्या ७९ पुगेको हो। प्रतिनिधि सभाको अर्को बैठक माघ ३ गतेका लागि डाकिएको छ। उक्त दिन पनि एमालेले बैठक सञ्चालनमा अवरोध गरे ८६ दिन संसद अवरूद्ध गरेको रेकर्ड बन्नेछ।

२०५७ सालको फागुन १ गते नेकपा एमालेले लाउडा जहाज प्रकरणलाई लिएर संसदमा अवरोध गरेको थियो। शाही नेपाल वायुसेवा निगमले लाउडा एयरसँग बोइङ ७६७ विमान भाडामा लिँदा आर्थिक नोक्सानी र अनियमितता भएको विषयमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै ज्ञापन पत्र दिएकोमा प्रधानमन्त्रीले राजीनामा नदिएको एमालेको आरोप थियो।

त्यतिबेला नेपाली कांग्रेसको एकल बहुमतको सरकार थियो। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले अन्य साना दलसँग मिलेर संसदमा अवरोध गरेको थियो।

एमालेले पहिला–पहिला बहिष्कार र नाराबाजी गरेको थियो। तर चैत २ गतेपछि बैठक बहिष्कार गरेको थियो। जुन ५७ दिनसम्म चलेको थियो। एमालेले त्यतिबेला २०५७ साल चैत २३ गतेसम्म संसदमा गतिरोध खडा गरेको थियो। एमालेलाई त्यतिबेला नेपाल मजदुर किसान पार्टी, राप्रपा, जनमोर्चाले समेत साथ दिएका थिए।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको