बढुवा भएका प्रहरी अधिकृतहरुले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं – नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरको २०७८ पुस २३ गतेको निर्णयले पुस २१ गतेबाट लागू हुनेगरी प्राविधिक प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा नेपाल सरकार सचिवस्तरको २०७८ पुस २५ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्ह लगाएका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त निर्णयबाट पदोन्नति भएका ४ जना प्राविधिक प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्  ।

दर्ज्यानी चिन्हबाट लगाउनेहरुमा प्राविधिक प्रहरी नायव महानिरीक्षक ई.फणिन्द्र बराल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरु डा. अभिमन्यु श्रेष्ठ तथा डा. बिपिन कुमार श्रेष्ठ र प्राविधिक प्रहरी नायव उपरीक्षक भुलाराज खनाल रहेका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै पदोन्नतिसँगै थपिएको उर्जा, जिम्मेवारी र कर्तव्य परायणतालाई प्रहरी कर्मचारीहरूले थप मजबुत एवं व्यावसायिक बनाई काम गर्ने विश्वास व्यक्त गरे । कोभिड-१९ को बढ्दो सङक्रमण लगायतका अन्य चुनौतिको सामना गर्न सुरक्षाको उचित प्रवन्ध गरी काम गर्नुपर्नेमा उनले जोड दिए  ।

महानिरीक्षक थापा क्षेत्रीले विगत पाँच महिनामा प्रहरीले गरेका कार्यहरूको समीक्षा गर्दै सो अवधिमा उल्लेख्य प्रगति भएको बताउनुभयो । प्राविधिक काम संगठनका लागि निकै महत्वपूर्ण हुने हुनाले संगठनको मूल्य, मान्यता र मापदण्डको पूर्ण पालना गर्दै पारदर्शी रुपमा काम गर्न प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बरालले पदोनन्तिसँगै थपिएको जिम्मेवारी पूरा गर्न परिस्कृत र पारदर्शी ढंगले निष्ठाका साथ उत्कृष्ठ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको