संविधानविद् भीमार्जुन आचार्य पनि राजाको पक्षमा, प्रशंसा गर्दै गरे यस्तो ट्वीट

विशेषतः गणतन्त्रवादीहरू पृथ्वी जयन्तीका विपक्षमा रहेका बेला संविधानविद् डा. भीमार्जुन आचार्य पनि राजा पृथ्वीनारायण शाहका पक्षमा देखिएका छन्।

आज (पुस २७ गते) ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हो। पहिला पहिला यो दिन सार्वजनिक बिदा दिने चलन थियो। तर गणतन्त्रवादी सरकारले यो बिदा दिन छाडेको छ।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा सोमबार साँझ सामाजिक सञ्जालमार्फत डा. भीमार्जुन आचार्यले पृथ्वीनारायण शाहको उच्च प्रशंसा गरेका हुन्।

‘उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरूले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन,’ आचार्यले लेखेका छन्, ‘हरेक देशका साझा सम्पदा हुन्छन्। राष्ट्रिय एकता दिवस हाम्रो यस्तै एउटा सम्पदा हो। यो उपलक्ष्यमा म सबै नेपालीहरूबीचको सम्बन्ध सधैँ प्रगाढ रहोस् भन्ने कामना गर्दछु।’​

डा. आचार्यले पृथ्वीनारायण शाहलाई सम्झिने क्रममा गणतन्त्रवादीहरूको आलोचना पनि गरेका छन्। उनले माओवादी विद्रोहका बेला पृथ्वीनारायण शाहका पक्षमा बोल्न कठिन भएको पीडासमेत पोखेका छन्।

‘हिजो माओवादी द्वन्दकाल र ‘नयाँ नेपाल’को भूत सवारको समयमा पृथ्वीनारायणलाई सम्झन पनि कठिन थियो। तर हामी केहीले यो आवाजलाई मर्न दिएनौं’, आचार्यले अगाडि भनेका छन्, ‘आज यो संख्या ठूलो छ।यो खुसीको कुरा हो। पृथ्वीनारायणका दिव्योपदेश राज्य सञ्चालनको बडापत्र हुन। तिनको अनुशरण गरिनुपर्छ।’

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको