संविधानविद् भीमार्जुन आचार्य पनि राजाको पक्षमा, प्रशंसा गर्दै गरे यस्तो ट्वीट

विशेषतः गणतन्त्रवादीहरू पृथ्वी जयन्तीका विपक्षमा रहेका बेला संविधानविद् डा. भीमार्जुन आचार्य पनि राजा पृथ्वीनारायण शाहका पक्षमा देखिएका छन्।

आज (पुस २७ गते) ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हो। पहिला पहिला यो दिन सार्वजनिक बिदा दिने चलन थियो। तर गणतन्त्रवादी सरकारले यो बिदा दिन छाडेको छ।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा सोमबार साँझ सामाजिक सञ्जालमार्फत डा. भीमार्जुन आचार्यले पृथ्वीनारायण शाहको उच्च प्रशंसा गरेका हुन्।

‘उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरूले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन,’ आचार्यले लेखेका छन्, ‘हरेक देशका साझा सम्पदा हुन्छन्। राष्ट्रिय एकता दिवस हाम्रो यस्तै एउटा सम्पदा हो। यो उपलक्ष्यमा म सबै नेपालीहरूबीचको सम्बन्ध सधैँ प्रगाढ रहोस् भन्ने कामना गर्दछु।’​

डा. आचार्यले पृथ्वीनारायण शाहलाई सम्झिने क्रममा गणतन्त्रवादीहरूको आलोचना पनि गरेका छन्। उनले माओवादी विद्रोहका बेला पृथ्वीनारायण शाहका पक्षमा बोल्न कठिन भएको पीडासमेत पोखेका छन्।

‘हिजो माओवादी द्वन्दकाल र ‘नयाँ नेपाल’को भूत सवारको समयमा पृथ्वीनारायणलाई सम्झन पनि कठिन थियो। तर हामी केहीले यो आवाजलाई मर्न दिएनौं’, आचार्यले अगाडि भनेका छन्, ‘आज यो संख्या ठूलो छ।यो खुसीको कुरा हो। पृथ्वीनारायणका दिव्योपदेश राज्य सञ्चालनको बडापत्र हुन। तिनको अनुशरण गरिनुपर्छ।’

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको