स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर, को–कहाँ पुगे ?

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो माताहतको उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।स्वाथ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई कोभिड–१९ युनिफाइड (वीर अस्पताल) को जिम्मेवारी दिइएको छ । यसभन्दा अगाडि अस्पतालको निमित्त जिम्मेवारीको रुपमा डा. भुपेन्द्र बस्नेत रहेका थिए ।

नयाँ संगठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औं तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ । त्यसैगरी, औषधि व्यवस्था विभागमा महानिर्देशकमा भरत भट्टराईले जिम्मेवारी पाएका छन् । नारायण ढकाललाई भने औषधि प्रयोगशालामा पठाइएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उनको ठाउँमा डा. राजेन्द्र खनाललाई सिफारिस गरिएको छ । त्यसैगरी, कर्णालीमा स्वास्थ्य निर्देशक रहेका डा. रविन खड्कालाई वीरमा सरुवा गरिएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी डा. श्रीराम तिवारीले पाएका छन् । हालका निर्देशक डा. प्रकाश शाहलाई कर्णाली प्रदेशमा सरुवा गरिएको छ ।

राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको डा. पोखरेलले जानकारी दिए । एचआईभी एड्स नियन्त्रण केन्द्रमा डा. सन्जय ठाकुरलाई जिम्मेवारी दिइएको छ ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको