जाजरकोट– नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छ्न्। मंगलबार गरिएको मतगणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खीमबहादुर निर्वाचित भएका हुन्।
विजयी खीमबहादुरले कुल ४ सय ३३ मतमध्ये २ सय १७ मत ल्याएर विजयी भए। करवीरले २ सय १० मत प्राप्त गरेका थिए। खीम र कवीर दाजुभाइ हुन्। खीम दाइ हुन्। करवीर तत्कालीन माधवकुमार नेपाल समूहमा थिए।
यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छ्न्। उनले २ सय २५ मत प्राप्त गरे। सचिवमा वीरबहादुर गिरी निर्वाचित भएका छन्। नरबहादुर खत्रीलाई पछि पार्दै उनी विजयी भएका हुन्।
गिरीले २ सय १५ प्राप्त गरेका थिए भने खत्रीले १ सय ८६ मत प्राप्त गरेका छ्न्। यस्तै उपसचिवमा गोपाल बहादुर नेपाली र नर बहादुर बस्नेत निर्वाचित भएका छ्न्। नेपालीले सबैभन्दा बढी २ सय ५८ मत प्राप्त गरेका छ्न्। बस्नेतले २ सय ४७ मत प्राप्त गरेका छ्न्।
उपसचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने पराजित भएका छ्न्। शाहीले १ सय ५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १ सय ४ मत प्राप्त गरेका थिए।
त्यस्तै नेकपा एमाले सिन्धुलीको अध्यक्षमा कुमारबहादुर कार्की निर्वाचित भएका छन् । उनले आफ्नै ज्वाईंलाई पराजित गर्दै उनी ४८८ मतसहित निर्वाचित भएका हुन् । कार्कीले निकटतम प्रतिद्वन्द्वी प्रदीप कुमार कटुवाललाई पराजित गरेका हुन् ।
सर्वसम्मत नेतृत्व चयन गर्न सम्भव नरहेपछि एमाले सिन्धुली नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रियामा गएको थियो । नेतृत्व चयनका लागि आइतबार मतदान गरेको थियो । निर्वाचनमा कुल ९०३ मत खसेको थियो ।
निर्वाचनमा कटुवालले ४०८ मत प्राप्त गरेका थिए । निर्वाचनमा पराजित भएका कटुवाल बागमती प्रदेशसभा सदस्य हुन् भने उनी कार्कीका ज्वाइँ समेत हुन् ।
त्यस्तै उपाध्यक्षमा कर्ण बहादुर घिसिङ ४४९ मतका साथ विजयी भएका छन् । उनले जगदीश्वर तोलाङे र विनोद कुमार खड्कालाई पराजित गरेका हुन । तोलाङेले २१ मत पाउँदा खड्काले ४०४ मत पाएका थिए ।
त्यस्तै उपसचिवमा रश्मिला देवकोटा र मञ्जु देवकोटा निर्वाचित भएका छन् । रश्मिलाले ४६५ मत र मञ्जुले ४४५ मतका साथ विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी खड्ग रजनले ३११ मत पाए भने नवराज थिङले ४४० मत पाए । सचिव पदमा भने यश अघि नै सर्वसम्मत चयन भइसकेको छ ।