उडान बन्द, कुन-कुन विमानस्थल प्रभावित ?

काठमाडौं – मौसम खराबीले विराटनगर र राजविराजका विमानस्थल बन्द भएका छन् । भिजिबिलिटी कम हुँदा २ विमानस्थलमा बिहानदेखि उडान हुन नसकेको वायुसेवा कम्पनीले बताएका छन्।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले विराटनगर र राजविराज विमानस्थल अझै उडान गर्न नसकिएको बताएका छन्। उनले बाँकी विमानस्थलमा उडान शुरु भएको बताएका छन्। जाडोयाम शुरु भएसंँगै नियमित उडानमा नियमित हुन सकिरहेका छैनन्।

नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ भने यतिबेला प्रदेश १ र प्रदेश २ लगायत पहाडी भेगमा सामान्य बदली र बाँकी स्थानमा मौसम आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै दिउँसो प्रदेश १, २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘त्यस्तो ठूलो वर्षाको सम्भावना छैन, फाटफुट र हल्का वर्षाको मात्र सम्भावना देखिन्छ’, मौसमविद् मानन्धरले बुधबार बिहान भनिन्।उनका अनुसार आज बिहान ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ।

काठमाडौंको अपडेटसहित देशका विभिन्न स्थानका न्यूनतम तापक्रम भने अहिले बिहान पौने ९ बजे प्रकाशन हुनेछ।बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली तथा अन्य स्थानमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको