उडान बन्द, कुन-कुन विमानस्थल प्रभावित ?

काठमाडौं – मौसम खराबीले विराटनगर र राजविराजका विमानस्थल बन्द भएका छन् । भिजिबिलिटी कम हुँदा २ विमानस्थलमा बिहानदेखि उडान हुन नसकेको वायुसेवा कम्पनीले बताएका छन्।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले विराटनगर र राजविराज विमानस्थल अझै उडान गर्न नसकिएको बताएका छन्। उनले बाँकी विमानस्थलमा उडान शुरु भएको बताएका छन्। जाडोयाम शुरु भएसंँगै नियमित उडानमा नियमित हुन सकिरहेका छैनन्।

नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ भने यतिबेला प्रदेश १ र प्रदेश २ लगायत पहाडी भेगमा सामान्य बदली र बाँकी स्थानमा मौसम आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै दिउँसो प्रदेश १, २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘त्यस्तो ठूलो वर्षाको सम्भावना छैन, फाटफुट र हल्का वर्षाको मात्र सम्भावना देखिन्छ’, मौसमविद् मानन्धरले बुधबार बिहान भनिन्।उनका अनुसार आज बिहान ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ।

काठमाडौंको अपडेटसहित देशका विभिन्न स्थानका न्यूनतम तापक्रम भने अहिले बिहान पौने ९ बजे प्रकाशन हुनेछ।बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली तथा अन्य स्थानमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको