पुरानो कीर्तिमान तोड्दै एमालेले बनायो नयाँ कीर्तिमान

प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै कीर्तिमान बनाएको हो ।

त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत एमालेलाई साथ दिए ।

यसपटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मङ्सिर २८ यताका सबै बैठकमा अवरोध गरिरहेको छ । बिहीबारसम्म दुवै अधिवेशन गरे र ८३ दिन पुगिसकेको छ । नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका तीन बैठक एमालेकै कारण चल्न सकेका छैनन् । विघटनपछि पुनःस्र्थापित प्रतिनिधि सभाको नवौँ र १०औँ अधिवेशनमा पनि एमालेको अवरोध जारी छ ।

संसदको अधिवेशन चालु रहेको अवधिको मात्र हिसाब गर्ने हो भने एमालेले संसद अवरोध गरेको दिन संख्या ७९ पुगेको हो। प्रतिनिधि सभाको अर्को बैठक माघ ३ गतेका लागि डाकिएको छ। उक्त दिन पनि एमालेले बैठक सञ्चालनमा अवरोध गरे ८६ दिन संसद अवरूद्ध गरेको रेकर्ड बन्नेछ।

२०५७ सालको फागुन १ गते नेकपा एमालेले लाउडा जहाज प्रकरणलाई लिएर संसदमा अवरोध गरेको थियो। शाही नेपाल वायुसेवा निगमले लाउडा एयरसँग बोइङ ७६७ विमान भाडामा लिँदा आर्थिक नोक्सानी र अनियमितता भएको विषयमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै ज्ञापन पत्र दिएकोमा प्रधानमन्त्रीले राजीनामा नदिएको एमालेको आरोप थियो।

त्यतिबेला नेपाली कांग्रेसको एकल बहुमतको सरकार थियो। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले अन्य साना दलसँग मिलेर संसदमा अवरोध गरेको थियो।

एमालेले पहिला–पहिला बहिष्कार र नाराबाजी गरेको थियो। तर चैत २ गतेपछि बैठक बहिष्कार गरेको थियो। जुन ५७ दिनसम्म चलेको थियो। एमालेले त्यतिबेला २०५७ साल चैत २३ गतेसम्म संसदमा गतिरोध खडा गरेको थियो। एमालेलाई त्यतिबेला नेपाल मजदुर किसान पार्टी, राप्रपा, जनमोर्चाले समेत साथ दिएका थिए।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको