पत्रकार ऋषि धमलालाई सञ्चारमन्त्री बन्ने प्रस्ताव आएपछि…

काठमाडौं – चर्चित पत्रकार ऋषि धमलाले शाही शासनकालमा आफूलाई मन्त्रीको अफर आएको खुलासा गरेका छन् । एक अन्तर्वार्तामा उनले आफूलाई शाही शासनकालमा मन्त्री पदको अफर आएको तर आफूले त्यो अफरको ठाडै अस्वीकार गरेको बताएका हुन् ।

शाही शासनकालमा सञ्चारमन्त्री बन्ने दरबारको प्रस्ताव आफूले अस्वीकार गरेको भन्दै उनले आफुले ब्यक्तिगत स्वार्थमा नलाग्ने र जनताको हितमा काम गर्ने भनेर नै मन्त्री पद अस्वीकार गरेको बताए ।

उनले भने, ‘मलाई, राजाको शासनमा मन्त्री बन्न अफर आएको थियो, मैले त्यतीखेर अस्वीकार गरेँ, सञ्चारमन्त्री वन्ने अफर आएको थियो। ऋषि धमलाले त्यसरी वहस गथ्र्यो, रिपोर्टस क्लबमा। लोकतन्त्रको पक्षमा।’

‘कुनै पनि इस्युमा रिपोर्टस क्लबमा वोलिसकेपछि हप्तौंसम्म त्यस विषयमा वहस हुन्थ्यो’ भन्दै उनले त्यसैका कारण आफुलाई मन्त्री पदको अफर आएको वताए । ‘तर, मैले ब्यक्तिगत स्वार्थका लागि। मैले भने मन्त्री वन्न चाहान्न। दरवारबाट त्यस्तो अफर आएको थियो।’– उनले भने।

०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरी शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । शाह आफैंले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए। सोही क्रममा आफुलाई मन्त्री वन्ने अफर आएको धमलाको भनाई थियो।

दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए।

शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए। अन्ततः ०६३ बैशाख ११ गते आफ्नै अर्को शाही घोषणाबाट उनी सत्ताच्यूत भए र नारायणहिटी छोडेर नागार्जुनमा वस्न थाले।

त्यो विषयमा प्रतिक्रिया दिने क्रममा धमलाले पुर्वराजा ज्ञानेन्द्र उदार भएकैले सजिलै नेपालमा लोकतान्त्रीक गणतन्त्र आएको दावी गरे ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको