बतास समूहको धर्मशाला हेरेर मन्त्री आले नै परे छक्क, के- के भने ?

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहले सन्चालन गर्दै आएको धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन् ।

धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए । उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’

मन्त्रालयका अधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पुगेका उनले त्यहाँ भित्र निर्मित पूर्वाधार र कोठाहरुको पनि निरीक्षण गरेका छन्। पशुपति क्षेत्रभित्र बतास समूहले भाडामा लिएर उक्त धर्मशालालाई होटलका रुपमा प्रयोग गरिरहेको छ।

‘हामी आज यहाँ धर्मशाला अवलोकनमा आएका छौँ। यसलाई भाडामा दिएको छानबिनका लागि बनाइएको समितिको म्याद भोलि सात दिन पूरा हुन्छ’, उनले भने, ‘उक्त प्रतिवेदनमा यहाँ भएका सबै कुरा हरु छर्लंग हुने गरी ल्याउनेछौँ।’

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको संयोजकत्वमा बनेको समितिले प्रतिवेदन दिइसकेपछि कारबाही अघि बढाउने पनि उनले बताएका छन्।

‘भारतले बनाइदिएको धर्मशाला त फाइभ स्टार होटल होइन, सेभेनस्टार होटलकै रुपमा रहेछ’, उनले भने, ‘हामी धर्मशाला बेच्नेलाई कारबाही गर्छौँ। कसरी टेण्डर गरिएको छ? साँठगाँठ भएको छ? घम जस्तै छर्लङ्ग हुने गरी ल्याउँछौँ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी शर्मा ओली दुवैले संयुक्त उद्घाटन गरेको यो धर्मशाला निर्माणमा भारतले २५ करोड भारु लगानी गरेको थियो।

‘यो त धार्मिक पर्यटकीयस्थल पनि हो। सस्तो सुलभ मूल्यमा भक्तजनले बस्न पाउनुपर्ने भनेर बनाएको हो’, आलेले भने, ‘तर यहाँ त ५५ सयको पनि कोठा देखे। एउटा कोठामा दुई बेड राख्दा त प्रतिदिन भाडा नै ११ हजार लिँदा रहेछन्।’

धर्मशाला पनि होटल जस्तो बनाइएको भन्दै यसमा संलग्न कसैलाई नछाड्ने पनि आलेले चेतावनी दिए। ‘धर्मशाला हुनुपर्नेमा सेभेनस्टार होटल जस्तो रहेछ। प्रतिवेद आएपछि कारबाही अघि बढ्छ’, उनले, ‘बाहिरको निजी कम्पनीलाई भाडामा दिइएको रहेछ। बाहिरका मान्छेलाई पनि बिजनेसका लागि दिइरहेको छ। हामीलाई पनि सबै कोठा देखाएनन्। तर यहाँ ठीक भएको देखिनँ मैले।’

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको