बतास प्रकरण : योगेश भट्टराईबारे मन्त्री आलेले दिए यस्तो प्रतिक्रिया

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजनीतिक प्रतिशोध साँध्नका लागि आफूले कुनै काम नगरेको बताएका छन्।

भारत सरकारद्वारा निर्मित पशुपति धर्मशालाको अवस्था बुझ्न तिलगंगा पुगेका उनले पूर्व पर्यटन मन्त्री योगेश भट्टराईबारे सोधिएको प्रश्नमा यस्तो भनेका हुन्।

धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए । उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’

नारायणहिटी दरबार संग्रहालयसहितका सरकारी संरचना भाडामा दिएको कुरामा आलेमाथि पूर्व मन्त्री भट्टराईसँग प्रतिशोध साँध्न खोजेको आरोप लागेको छ।

‘मैले कसैमाथि राजनीतिक प्रतिशोध साँध्नु जरुरी छैन। योगेश भट्टराई र कुनै बेला एकै पार्टीमा थियौँ’, उनले भने, ‘यति बुझ्नुस् पहिलाको मन्त्री मेरै पार्टीको भए पनि म यही काम गर्थेँ।’

उनले आफू कुनै नेता र मन्त्रीहरूप्रति पूर्वग्राही नभएको पनि बताएका छन्। ‘म कसैप्रति पूर्वाग्राही भएर होइन। तीन करोड नेपालीको शिर ठाडो बनाउन लागेको हुँ’ ‘यदि बदमासी भएको भए मेरो पार्टीकै पूर्वमन्त्री भए पनि म कारबाहीमा उत्रिन्थेँ उनले भने।’

उनले आफूले गल्ती गरे पनि कारबाही भोग्न तयार रहेको बताए। ‘मैले गल्ती गरे पनि कारबाही हुन्छ। सानो माछा, विचौलिया माछा पनि समातिनेछ’ मलाई कुनै तनाव छैन, उनले भने।

धर्मशाला पनि होटल जस्तो बनाइएको भन्दै यसमा संलग्न कसैलाई नछाड्ने पनि आलेले चेतावनी दिए। ‘धर्मशाला हुनुपर्नेमा सेभेनस्टार होटल जस्तो रहेछ। प्रतिवेद आएपछि कारबाही अघि बढ्छ’, उनले, ‘बाहिरको निजी कम्पनीलाई भाडामा दिइएको रहेछ। बाहिरका मान्छेलाई पनि बिजनेसका लागि दिइरहेको छ। हामीलाई पनि सबै कोठा देखाएनन्। तर यहाँ ठीक भएको देखिनँ मैले।’

सिफारिस

 माघ ३ देखि दक्षिणकालीमा दोस्रो शहीद मानबहादुर स्मृति कप हुने

फर्पिङ — दक्षिणकाली नगरपालिकामा ‘दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२’ वडास्तरीय फुटबल प्रतियोगिता माघ ३ गतेदेखि सुरु हुने भएको छ। शहीद मानबहादुर स्मृति प्रतिष्ठानको...

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व मनाएका छन् । माघीको अवसरमा झाँकीसहित र्‍याली लिएको थियो । वसन्तपुरमा भेला भएर थारु समुदायका...

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व...

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

धेरै पढिएको