बतास प्रकरण : योगेश भट्टराईबारे मन्त्री आलेले दिए यस्तो प्रतिक्रिया

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजनीतिक प्रतिशोध साँध्नका लागि आफूले कुनै काम नगरेको बताएका छन्।

भारत सरकारद्वारा निर्मित पशुपति धर्मशालाको अवस्था बुझ्न तिलगंगा पुगेका उनले पूर्व पर्यटन मन्त्री योगेश भट्टराईबारे सोधिएको प्रश्नमा यस्तो भनेका हुन्।

धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए । उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’

नारायणहिटी दरबार संग्रहालयसहितका सरकारी संरचना भाडामा दिएको कुरामा आलेमाथि पूर्व मन्त्री भट्टराईसँग प्रतिशोध साँध्न खोजेको आरोप लागेको छ।

‘मैले कसैमाथि राजनीतिक प्रतिशोध साँध्नु जरुरी छैन। योगेश भट्टराई र कुनै बेला एकै पार्टीमा थियौँ’, उनले भने, ‘यति बुझ्नुस् पहिलाको मन्त्री मेरै पार्टीको भए पनि म यही काम गर्थेँ।’

उनले आफू कुनै नेता र मन्त्रीहरूप्रति पूर्वग्राही नभएको पनि बताएका छन्। ‘म कसैप्रति पूर्वाग्राही भएर होइन। तीन करोड नेपालीको शिर ठाडो बनाउन लागेको हुँ’ ‘यदि बदमासी भएको भए मेरो पार्टीकै पूर्वमन्त्री भए पनि म कारबाहीमा उत्रिन्थेँ उनले भने।’

उनले आफूले गल्ती गरे पनि कारबाही भोग्न तयार रहेको बताए। ‘मैले गल्ती गरे पनि कारबाही हुन्छ। सानो माछा, विचौलिया माछा पनि समातिनेछ’ मलाई कुनै तनाव छैन, उनले भने।

धर्मशाला पनि होटल जस्तो बनाइएको भन्दै यसमा संलग्न कसैलाई नछाड्ने पनि आलेले चेतावनी दिए। ‘धर्मशाला हुनुपर्नेमा सेभेनस्टार होटल जस्तो रहेछ। प्रतिवेद आएपछि कारबाही अघि बढ्छ’, उनले, ‘बाहिरको निजी कम्पनीलाई भाडामा दिइएको रहेछ। बाहिरका मान्छेलाई पनि बिजनेसका लागि दिइरहेको छ। हामीलाई पनि सबै कोठा देखाएनन्। तर यहाँ ठीक भएको देखिनँ मैले।’

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको