विवादमा आएपछि धुर्मुस र सुन्तली चितवनतर्फ लागे, निकाले यस्तो विज्ञप्ति

काठमाडौं – धुर्मुस सुन्तली फाउण्डेशनका प्रमुख सिताराम कट्टेल र उनकी पत्नी कुञ्जना घिमिरे चितवनतर्फ लागेका छन् । चितवनमा गौतमबुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला निर्माणबाट हात झिकेका उनीहरुविरुद्ध हिजोमात्रै रंगशाला निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

त्यसको भोलिपल्ट आज धुर्मुस र सुन्तली चितवनतर्फ लागेका छन् । उनीहरुले अहिलेसम्म गरेको कामको विवरण र परियोजना निर्माणमा भएको खर्चसहित प्रतिवेदन बुझाउने भएका हुन् । उनीहरुले कामको प्रगति विवरण र खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । भोलि भरतपुर महानगरपालिकालाई आवश्यक सबै प्रतिवेदन बुझाउने तयारी गरेका हुन् ।

उक्त परियोजना अब महानगरले बनाउने घोषणा गरिएको छ । निर्माणाधीन रंगशालामा विभिन्न निकायबाट उठाइएको रकम बराबरको खर्च नगरिएको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

हेर्नुस विज्ञप्तिको पूर्णपाठ
हाम्रो अनुरोध
राष्ट्रिय गौरवको परियोजनाका रुपमा क्रिकेट र समग्र खेल क्षेत्रको विकासका लागि धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा तीन वर्षअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण परियोजनाको थालनी भएको सर्वविदितै छ । २०७५ साल माघ १६ गते राष्ट्रिय सभा गृह काठमाडौंबाट तत्कालीन प्रधानमन्त्री एवं विभिन्न दलका शीर्ष नेताका साथै विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरुको समुपस्थितिका बिच सम्झौतापत्रमा हस्ताक्षर भएर काम सुरु गरिएको थियो ।

कोरोना महामारी तथा अनेकौं आरोह–अवरोहका बाबजुद पनि रंगशाला निर्माणको काम निरन्तर अघि बढिरहँदा स्रोत व्यवस्थापनको पाटो भने चुनौतिपूर्ण बन्दै गयो । अपेक्षित जनसहयोग जुट्न सकेन । विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध गराउन नसकेको अवस्था र विभिन्न कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तरगतको निर्माण कार्य स्थगित गर्न वाध्य हुनु पर्यो ।

यसको उचित निकासका लागि फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र भरतपुर महानगरपालिकासँग पटकपटक छलफल गरी भरतपुर महानगरपालिकामा गत पुस २ गते स्वामित्वग्रहणको लागि अनुरोधपत्र बुझाइएको हो । सोभन्दा पहिले २०७८ साल मङ्सिर २१ गते भरतपुर महानगरपालिकाले फाउन्डेसनलाई पत्राचार गरेअनुरुप फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको अनुमानित आम्दानी–खर्चको विवरण, भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिबेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको थियो ।

गत पुस २ गतेको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको छ । आर्थिक प्रगति सम्वन्धमा फाउन्डेसनको तर्फबाट शुरूवाति दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरिक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलिमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराउन चाहन्छौं । उक्त प्रतिवेदन सम्वन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिनेछ ।

स्वदेश तथा विदेशमा रही परियोजनालाई सहयोग गर्नुहुने सहयोगी मनहरुका कारणले नै रङ्गशाला निर्माण यो अवस्थासम्म आइपुगेको छ । सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं ।

हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गर्ने नै छौं । अहिलेलाई हामी मूल्यांकनको सहयोगी बनेर अघि बढेका छौं ।

पछिल्लो समय परियोजनासम्बन्धी वास्तविकता नबुझी भ्रमपूर्ण रुपमा प्रकाशन-प्रशारण गरिएका समाचार, टिकाटिप्पणी तथा अन्य गतिविधिलाई लिएर हामी अत्यन्त चिन्तित र दुखी छौं । हाम्रोतर्फबाट आर्थिक लगायतका सबै विवरण सार्वजनिक नहुञ्जेलसम्म कपोलकल्पित आरोपहरु बन्द गरी परियोजनालाई माया गरिदिनुहुन हार्दिक अपिल र अनुरोध गर्दछौं ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको