एमालेले गर्यो तीनवटा विभागमा सदस्य मनोनयन, क-कसले पाए जिम्मेवारी ?

काठमाडौँ – नेकपा एमालेले विभाग गठनलाई अघि बढाएको छ। एमालेले तीनवटा विभागमा सदस्य मनोनयन थालेको हो। एमाले केन्द्रीय कार्यलयका अनुसार पार्टीको गत पुस १८ गते बालकोटमा बसेको सचिवालयको बैठकले विभागमा सात नेताहरुलाई मनोनित गर्ने निर्णय गरेको थियो।

संगठन विभाग सदस्यहरूमा भानुभक्त ढकाल, देवराज घिमिरे, कर्ण थापा, यामलाल कँडेल, लीला गिरी, जगत विश्वकर्मा र ज्वाला कुमारी साहलाई मनोनित गरिएको हो।

मंसिर २५ र २६ गतेको बैठकले स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई संगठन विभाग प्रमुख बनाएको थियो।एमालेको विधानमा हरेक विभागमा बढीमा २५ जना सदस्य हुने व्यवस्था छ।

अन्य सदस्यहरु आवश्यकता अनुसार थप्न सकिने संगठन विभाग प्रमुख प्रमुख अधिकारीले बताएका छन्।

त्यस्तै नेकपा एमालेले २५ जना भन्दा धेरै सहभागी रहने सार्वजनिक कार्यक्रमहरुलाई स्थगित गर्ने निर्णय गरेको छ।सोमबार नेकपा एमालेका कार्यालय सचिव भीष्मनाथ अधिकारीले विज्ञप्तिमार्फत निर्देशन जारी गर्दै सरकारद्वारा जारी स्वास्थ्य मापदण्डलाई ध्यानमा राखि सबै प्रदेश, जिल्ला तथा मतहतका कार्यालयहरु सञ्चालन भनिएको छ।

केन्द्रीय कार्यालयले कोभिड-१९ संक्रमणलाई मध्यनजर गरेर २५ जना भन्दा धेरैजना भेला नहुन सर्कुलर जारी गरेको छ। केन्द्रीय कार्यालयले ४ बुँदे निर्देशन जारी गरेको छ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको