थपिए नेपाल प्रहरीमा यी तीन पद, प्रहरी कर्मचारीमा छायो खुसीयाली

सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गरेको छ ।

प्रहरी नियमावली २०७१ संशोधनसहित तीन पद थपेको हो।  सो निर्णयसँगै प्रहरीमा वरिष्ठ सई, सई र असई गरी तीन पद रहने छन् । हाल सई र असई गरी दुई पद रहेका छन् ।

प्रहरी नियमावली नवौं संशोधन राजपत्रमा प्रकाशित भएको छ। यससँगै प्रहरीमा थप गरिएका ९ पदमा बढुवा गर्ने बाटो खुलेको छ। नियमावली संशोधन गर्दै नेपाल प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) को पद थप गरिएको छ।

सोमबार राजपत्रमा प्रकाशित नियमावली मुद्रण विभागबाट प्रमाणित भएपछि लागू हुनेछ। कार्यालय सहयोगी पनि पाँच श्रेणीका हुनेछन्। यसअघि सबै एउटै तहका हुन्थे।

यस्तै विभूषण बापतको नम्बर भने कटौती गरिएको छ। विभूषणको नम्बर बढुवामा जोडिँदा विकृति बढेको भन्दै त्यस बापतको नम्बर बढुवामा नजोडिने भएको हो।

नियमावली अनुसार अब जवानबाट सहायक हवल्दार, हवल्दारबाट वरिष्ठ हवल्दार र सईबाट वरिष्ठ सईमा बढुवाको प्रक्रिया सुरु हुनेछ।

यस्तो छ नियमावली

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको