काठमाडौं – काठमाडौंका उपत्यका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिएको छ । काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ ।
कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहँदा काठमाडौंका उपत्यका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिएको हो । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्नेछ। यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ ।
काठमाडौँमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु,सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, बयोधा अस्पताल बल्खु र प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली मा लगाइन्छ ।
यस्तै निजामती अस्पताल नयाँ बानेश्वर, एपेक्स पोलिक्लिनक जडिबुटी, काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला, ग्रान्डी अस्पताल र नोबेल अस्पताल सिनामंगलमा पनि लगाइन्छ ।
यस्तै ललितपुर महानगरपालिकामा सुमेरु अस्पताल, सर्वाङ्ग अस्पताल, अल्का अस्पताल, स्टार अस्पताल, निदान अस्पताल, बिएन्डबी अस्पताल र मेडिसिटी अस्पतालमा पनि बुस्टर डोज लगाइन्छ ।