एमालेका जनप्रतिनिधिसहितका नेताहरु एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं – नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षसहित चार जना नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य एवम् बित्थडचिर गाउँपालिका ५ का वडाध्यक्ष करवीर बोहोरासहित चार जना माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी मा प्रवेश गरेका हुन् ।

उनीहरूलाई पार्टी केन्द्रीय सचिव एवम् शहरी विकासमन्त्री रामकुमारी झाँक्री र केन्द्रीय सदस्य मोहन गौतमले मंगलबार स्वागत गरेकी थिइन् । नेकपा एकीकृत समाजवादीले सामाजिक संजालमार्फत उनीहरु एमाले छाडेर एकीकृत समाजवादी प्रवेश गरेको जानकारी गराएको हो ।

उनीहरुलाई पार्टी केन्द्रीय सचिव एवं शहरी विकास मन्त्री मा। रामकुमारी झाक्री र पार्टी केन्द्रिय सदस्य मोहन गौतमको हातवाट टीका र खादा लगार्इ स्वागत गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

यस्तै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय परिषद् सदस्य सरोज यादवले पार्टी छाडेर एमालेमै फर्किने भएका छन् ।

‘समाजवादको यात्रामा अघि बढेको पार्टी पुरानै शैलीमा चल्यो’, उनले भने, ‘म कसैलाई गाली गर्दिनँ। तर पार्टी पुरानै एजेन्डा र शैलीमा चलेपछि एकीकृत समाजवादी त्यागेको हुँ।’

उनले अब आफू एमालेमा फर्किने तयारीमा रहेको पनि जानकारी दिएका छन्। ‘एमालेमै फर्किने निर्णय लिएको छु’, उनले भने, ‘पार्टीमा जाँदा बखान गर्ने र छाड्दा गाली गर्नु ठीक होइन। म कसैप्रति पनि नकारात्मक टिप्पणी गर्ने पक्षमा छैन।’

यादव महोत्तरीको औरही नगरपालिका निवासी हुन्। उनले पार्टी नयाँ बने पनि कुनै किसिमको नयाँपन आफूले महसुस गर्न नसकेकाले एमालेमै फर्किने निर्णय लिएको बताएका छन्।

यादव २०७५ जेठ ३ गते नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरणपछिको नेकपा रहुन्जेल महोत्तरी जिल्ला सचिवका रुपमा सक्रिय थिए। उनी एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिव पनि भएका थिए।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको