प्रधानमन्त्री देउवा र प्रचण्डबीच आज पनि गोप्य भेट, के- के भयो कुराकानी ?

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ। भेटघाटको क्रममा स्थानीय तहको निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भएको स्रोतले बतायो।

स्थानीय तहको निर्वाचनको मिति तोक्ने सत्ता गठबन्धनलाई टाउको दुखाइको विषय बनेको छ। मंगलबार बसेको सत्ता गठबन्धको बैठकले वैशाखमै निर्वाचन गर्ने सहमति भए पनि मितिको टुंगो लगाउन सकेको छैन।

सोही विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको छलफलमा चुनाव केन्द्रीत वार्ता भएको बताइएको छ।

‘प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तहको निर्वाचन केन्द्रीत छलफल भएको हो। वैशाखमै गर्नुपरे कति गते गर्ने वा सार्नपरे कहिलेलाई सार्ने विषयमा छलफल केन्द्रीत रहेको थियो,’ खुमलटार स्रोतले भन्यो। प्रधानमन्त्री देउवा र प्रचण्डबीच गम्भीर छलफल भएको बताइएको छ।

त्यस्तै दुईबीच नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दीको विषयमा पनि छलफल भएको छ। कोसलाई एआइजीमा ल्याउने विषयमा छलफल भएको स्रोतले बतायो।

यसअघि सोमबार प्रधानमन्त्री देउवा र प्रचण्डबीच पनि ‘वान टु वान’ वार्ता भएको थियो। भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन र आउँदो स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको छ।

कोरोना संक्रमण भएपछि राजनीतिक भेटवार्ता स्थगित गरेका माओवादी केन्द्रका अध्यक्ष दाहालले आजदेखि भेटघाट सुरु गरेका हुन्। त्यसैअनुसार उनले कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

आइतबार कोरोना संक्रमणमुक्त भएपछि उनी बिहानै प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए। प्रचण्डले महत्त्वपूर्ण राजनीतिक भेटवार्ता सुरु गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

प्रमुख प्रतिपक्षी दलले स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई दबाब दिँदै आएको छ। निर्वाचन आयोगले पनि कानुनअनुसार वैशाखमा जसरी पनि स्थानीय तहको निर्वाचन गराउन सरकालाई ताकेता गर्दै आएको छ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको