प्रचण्डको प्रस्ताव प्रति एमाले महासचिव पोखरेलले दिए यस्तो प्रतिक्रिया

स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले ब्यङ्ग्य गरेका छन ।

सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमाले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए ।

सो प्रस्ताव प्रति एमाले महासचिव पोखरेलले ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानिय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे !’ भन्दै सामाजिक सञ्जालबाट ब्यङ्ग्य हानेका हुन ।

निर्वाचन आयोगको ताकेतापछि पनि स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अलमल गरिरहेको सत्ता गठबन्धनमा संघीय संसद्को निर्वाचनको विषयले प्रवेश पाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाख/जेठमा संसदीय र कात्तिक/मंसिरमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव राखेका छन् ।

गठबन्धनले यो विषयमा एक/दुई दिन छलफल गरेर निष्कर्षमा पुग्ने बताएको छ भने प्रमुख प्रतिपक्षीले भने स्थानीय निर्वाचन टार्ने जालझेल भनेको छ ।

माघ पहिलो साताभित्रै मिति नतोकिए स्थानीय तहको निर्वाचन वैशाखमा गर्न कठिन हुने भन्दै निर्वाचन आयोगले सरकार र दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।

यो विषयमा छलफल गर्न मंगलबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा दाहालले पहिले संसदीय र पछि स्थानीय निर्वाचन गर्ने प्रस्ताव राखेका हुन् । समितिको बैठक आज बिहीबार पनि बस्दै छ ।

सिफारिस

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद...

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष  (WWF)  ले विशेष सम्मान गरेको छ। विश्व वन्यजन्तु कोष नेपालले...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

भर्खरै

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

धेरै पढिएको