प्रचण्डको नयाँ प्रस्तावमा एमाले प्रमुख सचेतक भट्टराईले दिए यस्तो प्रतिक्रिया

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वैशाखमै संघीय चुनाव गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव संविधान र कानुन विपरित रहेको प्रतिक्रिया दिएका छन् ।

अन्नपूर्ण टाइम्ससँग कुरा गर्दै उनले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको वैशाखी टेकेर रुखमा आउने मतले आफूले विजयी हाँसिल गरौँला भन्ने मनसायले प्रचण्डले यस्तो प्रस्ताव अघि सारेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुको जित सुनिश्चि नभएसम्म चुनाव नगराउने पक्षमा रहेको भन्दै प्रमुख सचेतक भट्टराईले उनीहरुलाई संविधान र कानुनको कुनै मतलब नरहेकोसमेत आरोप लगाए ।

संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एमाले संधै तत्पर रहेको भन्दै उनले स्थानीय तहको चुनाव पछि सारेर संघीय चुनाव अगाडि गर्न खोजिए त्यो संविधान विपरित हुने बताए ।

संसद आफूहरुले नभई सभामुख अग्नी सापकोटाका कारण राम्रो चल्न नसकेको भन्दै उनले अहिले फेरि संघीय चुनाव अगाडि गर्ने भनेर हल्ला फिँजाएर प्रचण्डले अर्को चालबाजी रचेको खुलासा गरे ।

यस्तै स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले पनि असन्तुष्टि जनाएका छन् ।

एमाले महासचिव पोखरेलले सामाजिक संजालमार्फत व्यंग्य गर्दै भनेका छन्, ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानिय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे ! ‘

सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमाले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए ।

सिफारिस

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व मनाएका छन् । माघीको अवसरमा झाँकीसहित र्‍याली लिएको थियो । वसन्तपुरमा भेला भएर थारु समुदायका...

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

धेरै पढिएको