प्रचण्डको नयाँ प्रस्तावमा एमाले प्रमुख सचेतक भट्टराईले दिए यस्तो प्रतिक्रिया

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वैशाखमै संघीय चुनाव गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव संविधान र कानुन विपरित रहेको प्रतिक्रिया दिएका छन् ।

अन्नपूर्ण टाइम्ससँग कुरा गर्दै उनले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको वैशाखी टेकेर रुखमा आउने मतले आफूले विजयी हाँसिल गरौँला भन्ने मनसायले प्रचण्डले यस्तो प्रस्ताव अघि सारेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुको जित सुनिश्चि नभएसम्म चुनाव नगराउने पक्षमा रहेको भन्दै प्रमुख सचेतक भट्टराईले उनीहरुलाई संविधान र कानुनको कुनै मतलब नरहेकोसमेत आरोप लगाए ।

संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एमाले संधै तत्पर रहेको भन्दै उनले स्थानीय तहको चुनाव पछि सारेर संघीय चुनाव अगाडि गर्न खोजिए त्यो संविधान विपरित हुने बताए ।

संसद आफूहरुले नभई सभामुख अग्नी सापकोटाका कारण राम्रो चल्न नसकेको भन्दै उनले अहिले फेरि संघीय चुनाव अगाडि गर्ने भनेर हल्ला फिँजाएर प्रचण्डले अर्को चालबाजी रचेको खुलासा गरे ।

यस्तै स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले पनि असन्तुष्टि जनाएका छन् ।

एमाले महासचिव पोखरेलले सामाजिक संजालमार्फत व्यंग्य गर्दै भनेका छन्, ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानिय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे ! ‘

सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमाले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको