प्रचण्डको प्रस्तावमा बोले गगन थापा, गरे यस्तो ट्वीट

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा असहमति जनाएका छन् । संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको भन्दै उनले वैशाखमै चुनाव गर्ने प्रस्तावमा असहमति जनाएका हुन् ।

स्थानीय तह निर्वाचन ढिला गर्नेबारे बहस चलिरहेका बेला सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महामन्त्री थापाले स्थानीय तह रिक्त हुने गरी गरिने निर्णय असंवैधानिक हुने बताए ।

उनले लेखेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन । अतः निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ । कांग्रेस प्रस्ट छ – असंवैधानिक कदम विरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ ।’

यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वैशाखमै संघीय चुनाव गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव संविधान र कानुन विपरित रहेको प्रतिक्रिया दिएका छन् ।

नेप्लिज टाइम्ससँग कुरा गर्दै उनले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको वैशाखी टेकेर रुखमा आउने मतले आफूले विजयी हाँसिल गरौँला भन्ने मनसायले प्रचण्डले यस्तो प्रस्ताव अघि सारेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुको जित सुनिश्चि नभएसम्म चुनाव नगराउने पक्षमा रहेको भन्दै प्रमुख सचेतक भट्टराईले उनीहरुलाई संविधान र कानुनको कुनै मतलब नरहेकोसमेत आरोप लगाए ।

संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एमाले संधै तत्पर रहेको भन्दै उनले स्थानीय तहको चुनाव पछि सारेर संघीय चुनाव अगाडि गर्न खोजिए त्यो संविधान विपरित हुने बताए ।

संसद आफूहरुले नभई सभामुख अग्नी सापकोटाका कारण राम्रो चल्न नसकेको भन्दै उनले अहिले फेरि संघीय चुनाव अगाडि गर्ने भनेर हल्ला फिँजाएर प्रचण्डले अर्को चालबाजी रचेको बताए ।

सिफारिस

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। खेलमा घरेलु टोली नेपालले चीनलाई...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हराभरा जंगल, जैविक विविधता, धार्मिक–सांस्कृतिक पहिचान र प्राकृतिक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

धेरै पढिएको