प्रचण्डको प्रस्तावमा बोले गगन थापा, गरे यस्तो ट्वीट

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा असहमति जनाएका छन् । संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको भन्दै उनले वैशाखमै चुनाव गर्ने प्रस्तावमा असहमति जनाएका हुन् ।

स्थानीय तह निर्वाचन ढिला गर्नेबारे बहस चलिरहेका बेला सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महामन्त्री थापाले स्थानीय तह रिक्त हुने गरी गरिने निर्णय असंवैधानिक हुने बताए ।

उनले लेखेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन । अतः निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ । कांग्रेस प्रस्ट छ – असंवैधानिक कदम विरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ ।’

यस्तै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वैशाखमै संघीय चुनाव गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव संविधान र कानुन विपरित रहेको प्रतिक्रिया दिएका छन् ।

नेप्लिज टाइम्ससँग कुरा गर्दै उनले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको वैशाखी टेकेर रुखमा आउने मतले आफूले विजयी हाँसिल गरौँला भन्ने मनसायले प्रचण्डले यस्तो प्रस्ताव अघि सारेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुको जित सुनिश्चि नभएसम्म चुनाव नगराउने पक्षमा रहेको भन्दै प्रमुख सचेतक भट्टराईले उनीहरुलाई संविधान र कानुनको कुनै मतलब नरहेकोसमेत आरोप लगाए ।

संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एमाले संधै तत्पर रहेको भन्दै उनले स्थानीय तहको चुनाव पछि सारेर संघीय चुनाव अगाडि गर्न खोजिए त्यो संविधान विपरित हुने बताए ।

संसद आफूहरुले नभई सभामुख अग्नी सापकोटाका कारण राम्रो चल्न नसकेको भन्दै उनले अहिले फेरि संघीय चुनाव अगाडि गर्ने भनेर हल्ला फिँजाएर प्रचण्डले अर्को चालबाजी रचेको बताए ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको