सेनाका यी दुई उपरथीको कार्यकाल थपियो, उजुरी दिएका कार्की के गर्लान् ?

सरकारले नेपाली सेनाका उपरथी सीताराम खड्का र ताराध्वज पाण्डेको कार्यकाल थपेको छ। गत पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथीद्वय खड्का र शाहीको कार्यकाल थप्ने निर्णय गरेको हो।

तीन वर्ष पदावधि सकिन लागेका बेला प्रधान सेनापति प्रभुराम शर्माको सिफारिसमा खड्का र पाण्डेको दुई वर्ष पदावधि थप भएको हो । मन्त्रिपरिषद्को पुस ३० गतेको बैठकले उपरथीद्वय खड्का र पाण्डेको पदावधि थप गर्ने निर्णय गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

खड्का र पाण्डेको कार्यकाल थपिएसँगै अर्का उपरथी अनन्त कार्कीले अवकाश पाउने निश्चित भएको छ। कार्यकाल नथपिने भएपछि कार्कीले रक्षा मन्त्रालयमा उजुरी समेत दिएका थिए।

उपरथीको कार्यकाल थप्ने अधिकार प्रधानसेनापतिमा भएकाले कार्की सिफारिसमै परेका थिएनन्। सैनिक स्रोतका अनुसार कार्कीमाथि सांकेतिक भए पनि कारबाहीको तयारी भएको छ। उनलाई सैनिक अनुशासन उल्लंघन गरेर मिडियाबाजी गरेको आरोप लागेको छ।

आफ्नो पदावधि थपको सिफारिस नभएपछि उपरथी अनन्त कार्कीले प्रधान सेनापति प्रभुराम शर्माको सिफारिसविरूद्ध उजुरी दिएका थिए। उनले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी मंगलबार उजुरी नै दिएका हुन्। उनले प्रधानमन्त्रीको सचिवालयमा समेत निवेदन दर्ता गरेका छन्।

‘चेन अफ कमाण्ड’मा रहने सैनिक अधिकारीले संगठन प्रमुखको निर्णयविरूद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुन्छन्। कार्कीले उजुरीको बोधार्थ राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि दिएका थिए ।

उजुरीमा कार्कीले आफूलाई अन्याय भएको उल्लेख गरेका छन्। ‘नेपालको संविधान, कानुन, विधिको शासन, मानव अधिकार, सैनिक सुशासन, सैनिक मूल्य मान्यताविपरीत विशिष्ट श्रेणीको अधिकृतउपर पूर्वाग्रह र बदनियत राखेर मभन्दा जुनियर दुई जनाको पदावधि थपको सिफारिस गर्ने कार्य गैरकानुनी छ,’ उनले उजुरीमा भनेका छन्।

पदावधिजस्तो वृत्ति विकासमा मनोमानी, स्वेच्छाचारी ढंगले गरिने सबै निर्णय गैरकानुनी हुने उनले उजुरीमा उल्लेख गरेका छन्। ‘मेरो पदावधि थप नगरेको सिफारिस पत्र मेरो २०७७ सालको कार्यसम्पादन मूल्यांकनविपरीत छ,’ उनले उजुरीमा भनेका छन्, ‘कार्यसम्पादन मूल्यांकन उजुरीसँगै समावेश गरेको छु।’

कार्की सेनामा प्रधान सेनापतिपछि चौथो वरीयतामा छन्। प्रधान सेनापति पछि दुई जना रथीहरू छन्। उपरथीमा पदावधि थपको सिफारिस भएको भए कार्की आठ महिनापछि रथी हुन्थे।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको