प्रधानमन्त्री देउवाको सम्बोधनबारे महेश बस्नेतले गरे कडा टिप्पणी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सरकारको लाज छोप्न अन्तिम हतियारको रूपमा उपयोग गरेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघीय सांसद महेश बस्नेतले आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता बस्नेतले परमादेशबाट बनेको सरकारले आफ्नो लाचारीपन र निष्क्रियता छोप्न प्रधानमन्त्री देउवाले सम्बोधनलाई उपयोग गरेको बताए ।

अहिलेको सरकार प्रचण्ड पथमा हिँडेको, माधव नेपालको लैबरी तालमा अलमलिएको, देउवाको असक्षम, अयोग्य, लाचार र निष्क्रिय नेतृत्वले लाज छोप्ने उक्त सम्बोधनलाई उपयोग गरेको उनले बताए ।

नेता बस्नेतले सर्वदलीय बैठकको नाममा ६ सत्ताधारी गठबन्धन बसेर स्थानीय निर्वाचन वैशाखमा नगर्ने षड्यन्त्र गरेको आरोप लगाउँदै उनले विधि, पद्धतिमा हिँड्ने नेता भन्न रुचाउने माधव नेपालको प्रस्तावमा तीनै तहको निर्वाचन मंसिरमा गर्ने निर्णय गरेबाट यो सरकार लोकतन्त्र, विधि र जनमतलाई सम्मान गर्ने आवधिक निर्वाचनको पक्षमा नरहेको प्रस्ट भएको आरोप लगाए ।

नेता बस्नेतले ओमिक्रोन भेरियन्ट फैलिँदा सरकारले कुनै प्रभावकारी काम गर्न नसकेको र लाचार भएर बसेको बताए । अर्थतन्त्रका परिसूचक ओरालो लागेर राज्य नै फेलर स्टेट घोषणा होला भन्ने अवस्थाबाट गुज्रिरहेको उनले चिन्ता व्यक्त गरे ।

अहिले सबै दलहरूको बीचमा उच्च तहको समझदारी निर्माण गरी अगाडि बढ्ने कुरामा सरकारले पहल लिनुको सट्टा प्रमुख प्रतिपक्ष दललाई एक्लो बनाएर उसका विरुद्ध गठबन्धन निर्माण गरेर संसारमा नभएको जात्रा नेपालमा देखाइरहेको बताए ।

उनले वर्तमान सरकार मुलुकलाई विकासको बाटोमा, परिवर्तनको बाटोमा हिँडाउन नचाहेको, जालसाजी र षडयन्त्रबाट आफ्नो अवैधानिक र अनैतिक सरकार लम्ब्याइरहने र एमालेलाई कमजोर बनाउने षडयन्त्रमा लागेको आरोप लगाए ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको