अग्निप्रसाद सापकोटा : विद्यालयको हेडमास्टरदेखि संसदको हेडमास्टरसम्म

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

शब्दचित्रमा अग्नि सापकोटा सिन्धुपाल्चोक जिल्ला चौतारा–४ कुविण्डे टोलमा बुवा धनपति सापकोटा र आमा तिलमाया सापकोटाको कोखबाट २०१४ फागुन २४ गते अग्निप्रसाद सापकोटाको जन्म भएको हो।

स्थानीय श्रीकृष्ण विद्याश्रमबाट औपचारिक पठनपाठन शुरु गरी सापकोटाले सोही विद्याश्रमबाट एसएलसी उतीर्ण गर्नुभएको थियो। समाजशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएका सापकोटाले १६ वर्ष शिक्षण पेशासमेत गर्नुभएको थियो।

वि.सं. २०३२ देखि शिक्षण पेशा शुरु गर्नुभएका सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा पढाउनुभएको थियो। शिक्षण पेसामा रहँदा पनि उहाँ राजनीतिमै सक्रिय हुनुहुन्थ्यो। विद्यार्थीकालदेखि नै नेतृत्व गर्ने स्वभावका उहाँले शिक्षक हुँदा पनि विभिन्न शैक्षिक तथा राजनीतिक मुद्धा हरुमा भइरहने आन्दोलनको नेतृत्व गर्नुभएको थियो।

त्यस्तै, विद्यालयको हेडसर भएर पनि उहाँले लामो समय बिताउनुभयो। वि.सं. २०३६ सालको जनमत संग्रहपछि शिक्षक संघर्ष समितिको जिल्ला उपाध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्षसम्म हुनुभएका उहाँले शिक्षण सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउनुभयो।

वि.सं. २०२९ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक जीवनको शुरुवात गर्नुभएका सापकोटा कुनै बेला शिक्षकको रुपमा विद्यार्थीहरुलाई शिक्षादीक्षा दिने र पञ्चायती राजका वि रुद्ध राजनीतिक चेतना दिने राजनीतिक गुरुका रुपमा पनि रहनुभयो।

शिक्षण पेशामै रहँदा शिक्षक संघर्षको क्रममा पटक–पटक गिरप्तारी, हि रासत र जेल जीवन भोग्नुभएका उहाँले लगातार लामो समय भने २०४२ बैशाखदेखि असोजसम्म ६ महिना जेल बस्नुपरेको बताउनुहुन्छ। २०४८ सालमा शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा पूर्णकालीन हुनुभएका उहाँ सोही वर्ष नै संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य हुनुभएको थियो।

२०४८ सालमै संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदवार बन्नुभएका उहाँ पराजित हुनुपरेको थियो। २०५१ सालमा तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय सदस्य बन्नुभएका सापकोटा २०६९ मा तत्कालीन एकीकृत नेकपा (माओवादी)को हेटौंडा महाधिवेशनबाट पोलिटव्यूरो सदस्य र विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य हुँदै पार्टी केन्द्रीय कार्यालय सदस्यसम्मको जिम्मेवारी पूरामा रहनुभयो।

हाल नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य रहनुभएको छ। २०६० सालमा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्यसमेत रहनुभएका सापकोटा जनयुद्धकालमा २०६२ चैत्र १४ गते सिन्धुपाल्चोकको ठोकर्पामा भएको दो होरो भि डन्तमा तीन वटा गो ली लागि घाइ ते हुनुभएको थियो।

साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट २०६४ र २०७० सालमा दुई पटक नै संविधान सभा सदस्यमा भारी मतान्तरले विजयी सापकोटा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो। राजकीय जिम्मेवारीतर्फ २०६८ बैशाख २२ गते सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका सापकोटाले २०७२ कार्तिक १ गतेदेखि वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो।

विचार र दृष्टिकोणमा प्रष्ट एवं राजनीतिक रुपमा इमान्दार र निष्ठावान् छवि बनाउनुभएका नेता सापकोटा जनतामाझ पनि लोकप्रिय हुनुहुन्छ। माओवादी आन्दोल नमा लागिसकेपछि अहिलेसम्म पार्टी नेतृत्वको रक्षा, पार्टी निर्णयको बलियो समर्थन र कार्यान्वयनमा खट्ने सापकोटालाई अध्यक्ष प्रचण्डको विश्वासपात्रका रुपमा लिइन्छ।

कृष्णबहादुर महराले राजीनामा दिइसकेपछि रिक्त सभामुख पदमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रतिनिधि सभामा नेकपाको स्पष्ट बहुमत भएकाले नेकपाको जो सुकै उम्मेदवार पनि विजयी हुने सम्भावना भएकाले सापकोटा सभामुखका रुपमा विजयी हुनेमा कुनै शंका छैन।

सिफारिस

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन्। बुधबार...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएका छन्। ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा मनसुनजन्य विपदमा वेपत्ता भएका नागरिकको परिवारले क्षतिपूर्ति पाउने व्यवस्था गर्नुभएको छ । विस २०८० असार २...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

प्रहरी महानिरीक्षक कुँवरसहित नौ उच्च अधिकारीको बिदाइ (तस्वीरहरू)

प्रहरी प्रधान कार्यालयले ३० वर्ष सेवा अवधि पूरा गरी...

को हुन् प्रहरी महानिरीक्षक बनेका दीपक थापा?

नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा...

सशस्त्र प्रहरीले गर्यो प्रहरी महानिरीक्षक कुँवरलाई बिदाइ (तस्वीरहरू)

काठमाडौँ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई सशस्त्र प्रहरी...

टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

काठमाडौँ - अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्ट...

धेरै पढिएको