युवा संघले टुंग्यायो ४०५ सदस्यीय महाधिवेशन आयोजक समिति, कसले- के जिम्मेवारी पाए ? (सूचीसहित)

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले आफ्नो नवौं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ।

पोखरामा गत पुस २८–३० गतेसम्म आयोजित युवा संघ केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र नवौं महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण बैठकले किरण पौडेलको संयोजकत्वमा ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको हो। आयोजक कमिटीको सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी छन्।

साथै बैठकले विभिन्न निर्णय गरी देशभरका मातहतका कमिटीलाई विशेष सर्कुलर पनि जारी गरेको छ। सर्कुलरअनुसार राष्ट्रिय महाधिवेशनपछिको दोस्रो हैसियत कायम रहने गरी २५०१ सदस्यीय केन्द्रीय युवा परिषद गठन गर्ने निर्णय पनि गरिएको छ।

परिषदमा २० प्रतिशत सदस्य मनोनयन गरिनेछ। यस्तै युथफोर्स र साइबर सर्कल विभागलाई केन्द्रदेखि वडासम्म बिस्तार गरिने सर्कुलरमा उल्लेख छ।

यसअघिका सबै पदाधिकारी कार्यालय सदस्य र विभागका प्रमुख बनेका छन् ।संयोजक पौडेल र सहसंयोजक झा एमाले केन्द्रीय सदस्य हुन् ।

अर्की सह संयोजक क्रान्ति बुर्लाकोटी १० बुँदे सहमतिपछि एमालेमा रहेको समूहबाट सह संयाजक बनाइएको हो ।१० बुँदे समूहबाटै कृष्णहरी केसी कार्यालय सदस्य बनेका छन् ।

युवा संघले १३ सदस्यीय कार्यालय टिम बनाएको छ । कार्यालय सदस्यको नाम घोषणा गर्दै युवा संघका इञ्चार्ज महेश बस्नेतले प्राविधिक कारण पदाधिकारी घोषणा नभएपनि कार्यालय सदस्यहरु नै पदाधिकारी हैसियतमा रहने बताए ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको