विधानबाट हिन्दु राष्ट्र, राजसंस्था र झण्डाबाट गाई हट्दैन : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विधानबाट ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’लाई नहटाउने अडान लिएको छ। उक्त पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतवार बसेको केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय लिएको हो।

निर्वाचन आयोगले यही माघ २ गते पठाएको पत्रबारे निर्णय लिँदै राप्रपाले नियतवश आफूहरुमाथि प्रहार गर्न खोजिएको पनि निष्कर्ष निकालेको छ।

राप्रपाले झण्डामा गाई राख्न नपाउने, विधानबाट राजसंस्था र हिन्दु राज्य पनि हटाउनुपर्नेराप्रपाका महामन्त्री भुवन पाठकले बैठकपछि एक वक्तव्य निकाल्दै यसअघि तीनै तहको निर्वाचनमा यही विधान अनुसार प्रतिस्पर्धा गरेर निर्वाचित भइसकेको अवस्थामा अहिले आएको आयोगको निर्देशन स्वीकार्न नसकिने जनाएका छन्।

निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा नम्बर ४ मा उल्लेखित ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’ को मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले त्यो वाक्यांश हटाई संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन भनेर पठाएको पत्र संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छ’, पाठकले भनेका छन्।

त्यस्तै राप्रपाले आयोगबाट आफ्नो झण्डामा रहेको गाईको तस्बिर हटाउन भनेर आएको निर्देशन पनि अस्वीकार्य हुने जनाएको छ।

‘आयोगको पत्रको दफा ४ मा उल्लेखित राप्रपाको विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्यभागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई त्यही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्नुहुन पठाएको पत्र राप्रपाको मूल्य र मान्यता विपरीत छ’, पाठकले भनेका छन्, ‘विगतमा यसलाई पार्टीले प्रयोग गर्दै आएको छ। निर्वाचन आयोगले पनि मान्यता दिएको राप्रपाको झण्डामा र राप्रपाको चुनाव चिन्हका पनि प्रयोग भई स्थानीय तह, प्रादेशिक तथा संघीय निर्वाचनमा भाग लिइसकेको अवस्थामा आयोगको निर्देशन पूर्वाग्रही देखिएको छ।’,

पाठकले निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिइने बताए। उनले आयोगको पत्रबारे कानुनी र राजनीतिक उपचार खोज्ने समेत निर्णय भएको बताएका छन्।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको