कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै माधव नेपालले गरे चुनावको मिति घोषणा

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहका निर्वाचनमा पाँचदलीय गठबन्धन मिलेर नै चुनाव लड्ने बताएका छन्। अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव आगामी २०७९ चैतसम्म गर्दा पनि फरक नपर्ने बताएका छन्।

रामेछापबाट विभिन्न दलका कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा मंगलबार काठमाडौंमा बोल्दै उनले यस्तो भनेका हुन्।

मंगलबार रामेछाप जिल्लाका विभिन्न पार्टीका युवालाई नेकपा एसमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानमा भएको व्यवस्था अनुसार नै निर्वाचन हुने बताए।

‘अहिले निर्वाचनको कुरा भइरहेको छ। स्थानीय तहको निर्वाचन तीन चरणमा बैशाख, असार र असोजमा भएको थियो,’ उनले भने, ‘स्थानीय तहको अन्तिम परिणाम असोज ७ मा आएको थियो। त्यो नै अन्तिम मिति हुन्छ। यो अहिले बहसको विषय बनेको छ। संविधानमा पनि प्रष्ट रुपमा नै लेखेको छ।’

‘२०७४ सालमा पहिलो चरणको स्थानीय चुनाव वैशाख ३१ मा भएको थियो। दोस्रो चरणको चुनाव असार १४ मा भएको हो। तेस्रो चरणको चुनावमा असोज २ मा भएर अन्तिम परिणाम असोज ७ मा आएको हो’, उनले भने, ‘संविधानमा पनि गाउँ सभा र नगरसभाको चुनाव सकिएको छ महिना भित्र निर्वाचन गर्ने भनेको छ। असोजमा कार्यकाल सकिने भएकाले स्थानीय तहको चुनावमा २०७९ को चैतसम्म चुनाव हुनुपर्छ।’

तर अध्यक्ष नेपालले त्यही कार्यक्रममा आगामी असोज, कात्तिक या मंसिरमा तीनै तहको चुनाव हुने पनि जिकिर गरे।

‘यी सबै सन्दर्भमा पाँचवटा दल मिलेर हामी चुनाव गराउँछौँ’, उनले भने, ‘असोज, कात्तिक र मंसिरमा प्रदेश, केन्द्र र स्थानीय चुनावमा जाने छौँ।’

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको