राष्ट्रिय सभा चुनावबारे विवेकशील साझा पार्टीले गर्यो यस्तो निर्णय

विवेकशील साझा पार्टीले बुधबार हुँदै गरेको राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

विवेकशील साझा पार्टी, बागमती प्रदेश सभा संसदीय दलको बैठकले पार्टीको तर्फबाट उम्मेदवारी नरहेको तथा प्रदेशबाट प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरूले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको हो । विवेकशीलको बागमती प्रदेशमा प्रतिनिधित्व रहे पनि अन्य प्रदेशमा रहेको छैन ।

सो पार्टीले सर्वोच्चको आदेश अनुसार नो भोटको व्यवस्था गरिनुपर्ने माग पनि गरेको छ । तर आदेश कार्यान्वयन नगरी हालसम्म पनि पुरानै ढर्रामा निर्वाचन गरिनु विडम्बनापूर्ण भएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय सभामा पदावधि सकिन लागेका १९ सिटका लागि भोली (माघ १२ गते) निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभामा १९ सांसदको आगामी फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनुअघि नै निर्वाचन हुन लागेको हो।

सातवटा प्रदेशमा गरेर दुई हजार २५ जना मतदाता छन्। चुनावमा पाँच सय ३२ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। रिक्त हुने १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको