राष्ट्रियसभा निर्वाचनको मतदानका लागि घोराही आउँदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका छन। उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।
राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न सांसद चौधरी दाङको घोराही जाँदै गर्दा बाटोमा दुर्घटनामा परेका हुन्।
सांसद चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ कालाकाटे नजिक दुर्घटनामा परेको हो । सुदूरपश्चिम प्रदेश ०१-००-११ १ ख २५८४ नम्बरको ट्रकसँग उक्त गाडी ठक्कर खाएको थियो।
उनीसँगै रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष कृष्णचन्द्र चौधरी पनि सामान्य घाइतेको भएका छन्। उनीहरुको उपचार दाङमा नै गर्ने जनाएको छ।
