फागुन ७ मा समाजवादी प्रेस सङ्गठनले राष्ट्रिय सम्मेलन गर्ने

समाजवादी प्रेस सङ्गठन नेपालले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा तयार गरिएको छ भने तयारी बैठक भइरहेका छन् ।

सम्मेलन तयारी समितिले सम्मेलनमा सहभागी प्रतिनिधिको सूची तयार गरिरहेको छ । तोकिएको समयमा सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सम्बन्धित पक्षसँग सुझाव सङ्कलन, बैठक, परामर्श गरिरहेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए ।

महासचिव भूपराज खड्काको संयोजकत्वमा विधानको मस्यौदा तयार भएको छ । १० परिच्छेदका साथै पाँच अनुसूची भएको मस्यौदा सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापक रुपमा छलफलका लागि पठाइएको छ ।

देशभर रहेका मातहतका सङ्गठनमार्फत विधानको मस्यौदा सबै प्रदेश तथा जिल्ला समितिमा छलफलका लागि प्रेषित गरिएको छ ।

यही माघ २२ गतेभित्र सुझाव पठाउन समय सीमा तोकिएको छ । विस्तृत छलफल तथा अध्ययनपछि प्राप्त हुने सुझावलाई समेटेर मस्यौदा परिमार्जित गरी राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरी छलफलसहित पारित गरिनेछ । सङ्गठनले १५ सदस्यीय सचिवालय, विभागलाई हालै पूर्णता दिएको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको