एमालेविरुद्धको गठबन्धन किन ? योगेशले खुलाए यस्ता ४ कारण

 

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टीविरुद्ध गठबन्धन किन गरिएको हो ? भन्नेबारे कारण खुलाएका छन् ।

उनले प्रदेशमा मन्त्रालय फुटाउँदै मन्त्रीको संख्या थप्न, र चालु र अनुत्पादक खर्च बढाउन एमालेविरुद्ध गठबन्धन गरिएको र आवद्यिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन पनि आफ्नो पार्टीविरुद्ध गठबन्धन गरिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले यस्तो लेखेका हुन् । उनले लेखेका छन्-“एमाले बिरुद्धको गठबन्धन किन ? प्रदेशमा मन्त्रालय फुटाउंदै, मन्त्रिको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन ।”

यस्तै पाँच दलीय गठबन्धनलाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्‍याइएको छ। आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या सातबाट बढेर १२ पुग्ने पक्का भएको छ।

तर मन्त्रालय फुटाउन मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारका कोही अधिकारी बोलेका छैनन्। मन्त्रिपरिषद् बैठकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सार्वजनिक गरे पनि मन्त्रालय फुटाउने निर्णय लुकाएका थिए।

मन्त्रिपरिषद्ले सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने निर्णय लिएको हो।

मन्त्रालय फुटाएसँगै अबको केही दिनमै मन्त्रिपरिषद् विस्तार तयारी गरिएको छ। मुख्यमन्त्री राजेन्द्र राईले अब मन्त्रिपरिषद् विस्तार तयारी गरेका हुन्। मन्त्रिपरिषदले नियमावली संशोधन गरेपछि अब प्रदेशमा १ मा ५ वटा मन्त्रालय थपिएर १२ हुनेछन्।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको