वामदेवले नयाँ पार्टी नखोल्ने, एकीकृत समाजवादीमा प्रवेश गर्ने !

काठमाडौँ – पार्टी एकता अभियानमा लागेका एमाले पूर्वउपाध्यक्ष वामदेव गौतम तत्काल नयाँ पार्टी खोल्ने वा कुनै विचार मिल्ने पार्टीमा जाने भन्ने कुनै निर्णयमा पुगेका छैनन्।

साविक नेकपा विभाजनपछि पार्टी एकता अभियानमा लागेका उनी हाल एमाले उपाध्यक्षबाट राजीनामा दिएर बसेका छन्। तर, अहिले नयाँ पार्टी खोल्न लागेको चर्चा चलेपछि गौतमको लामो समयदेखि प्रेस सहयोगी रहेका विश्वमणि सुवेदीले गौतमले नयाँ पार्टी नखोल्ने जिकिर गरेका छन्।

विचार मिल्ने पार्टीमा आबद्ध हुने अवस्था नरहेको अवस्थामा नयाँ पार्टी खोल्न सकिने गौतमको बुझाई रहे पनि अहिले नै यसबारे निर्णयमा पुगिनसकेका हुन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा सुवेदीले यसबारे जानकारी दिँदै सकभर विचार मिल्नेसँग आबद्ध हुने प्रयास गरिने बताए।

दुई विकल्पमध्ये पहिलो विचार मिल्नेसँग आबद्ध हुने र दोस्रो विकल्पमा नयाँ पार्टी खोल्ने गौतमको तयारी छ। तर, पहिलो विकल्पमा गौतम रहेको सुवेदीले जानकारी दिए। यसर्थ गौतमले तत्काल नयाँ पार्टी खोल्ने तयारीमा छैनन् तर एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना धेरै रहेको उनको भनाइ छ।

यसबारे सुवेदीले प्रष्टाएका छन्, ‘पहिलो विकल्प, कुरा मिल्ने पार्टीसँग कुरा मिलाउन अधिकतम प्रयास गर्ने। दोस्रो विकल्प, कतै कुरा मिलेन भनेमात्रै अर्को पार्टी गठन गर्ने। यीमध्ये अहिले उहाँ पहिलो विकल्पमै हुनुहुन्छ।’

गौतम माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (समाजवादी एकीकृत)मा आबद्ध हुने देखिन्छ। यसका लागि नेकपा (एस)ले औपचारिक रूपमा निर्णय गरेर जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त स्वीकार गर्नुपर्ने र यसबारे निर्वाचन आयोगमा अभिलेख राख्नुपर्ने गौतमले सर्त राखेका छन्।

गौतम पक्षधर भनिने केशवलाल श्रेष्ठ नेकपा (एस)को उपाध्यक्ष छन्। यसले पनि गौतमलाई नेकपा (एस) आबद्ध हुन सहयोग हुनेछ।

‘वामदेव समूहका भनिने केशवलाल श्रेष्ठ पार्टी (नेकपा एस)को उपाध्यक्ष हुनुहुन्छ। बलराम बास्कोटा किसान महासंघको अध्यक्ष र पार्टीको स्थायी कमिटी सदस्य हुनुहुन्छ। हरि पराजुली स्थायी कमिटी सदस्य हुनुहुन्छ। सावित्रा भुसाल पोलिटब्युरो सदस्य र बागमती प्रदेशको अध्यक्ष हुनुहुन्छ। र, हामी वामदेवका थुप्रै साथीहरू यो पार्टी (नेकपा एस)मा छौँ। उहाँमात्र आउन बाँकी हो,’ सुवेदीले भनेका छन्।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको