गठबन्धनमा खटपट भइरहेका बेला देउवा भेट्न पुगे प्रचण्ड, के- के भयो छलफल ?

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री र अध्यक्ष दाहालबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता जारी रहेको बताए।

स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन्। पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूकाबीचमा नै मत भिन्नता देखिएको छ।

प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी अगाडि बढाउने पक्षमा देखिएका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी संशोधन नगरी कार्यान्वयन गर्न नसकिने अडानमा देखिएको छ।

त्यस्तै एमसीसीका कारण सत्ता गठबन्धनमा खटपट भइरहेका बेला गृहमन्त्री बालकृष्ण खाण बिहान साढे १० बजे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट्न उनको  निवास कोटेश्वर पुगेका छन्।

मन्त्री खाण सवा ११ बजे बाहिरिएका थिए । एमसीसीलाई संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्रैबाट सहयोग पाएका छैनन् ।

यसअघि शीर्ष तहमा एमसीसी संसदबाट संकल्प प्रस्तावसहित पारित गर्ने समझदारी भए पनि माओवादी र नेकपा एसभित्र विरोध छ । प्रचण्ड र माधव नेपालले १० दिन समय मागेकामा अब एक साता बाँकी छ ।

प्रधानमन्त्रीले फेब्रुअरी २८ भित्र संसदबाट एमसीसी पारित गर्न खोजेका छन् । सत्ता गठबन्धनका नेता मनाउनेक्रममा खाणलाई कोटश्वर पठाएको बालुवाटार स्रोतले जनाएको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको