एकीकृत समाजवादीबाट एक मन्त्री नियुक्त

आज (आइतबार) मधेस प्रदेश सरकारमा एक राज्यमन्त्री नियुक्त गरिएको छ। नेकपा एकीकृत समाजवादीबाट नागेन्द्र राय यादवलाई उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरिएको हो।

प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त राज्यमन्त्री यादवलाई आज बिहान शपथ खुवाएका छन्। राज्यमन्त्री बनेका यादव राैतहटका हुन्।

यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन्।

यस्तै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पनि आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।  गठबन्धनमा भागबन्डा मिलाउन प्रदेश १ मा रहेका ७ मन्त्रालय विभाजन गरी १३ वटा बनाइएको छ।

आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्नेछन्।

एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु , उपेन्द्र घिमिरे मन्त्री बन्नेछन्। यस्तै‚ कांग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी, शेखरचन्द्र थापा मन्त्री बन्नेछन्। यस्तै माओवादी केन्द्रबाट रामकुमार राई, झलकसिंह दर्लामी मन्त्री बन्नेछन्।

गठबन्धनमा भागबन्डा मिलाउन प्रदेश १ मा ७ बाट मन्त्रालय विभाजन गरि १२ बनाइएको थियो। तर‚ भागबण्डा नपुगेपछि पुनः मन्त्रालय फुटाएर १३ बनाएको छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको