सरकारले पायो पूर्णता, भागबन्डा मिलेपछि पाँच मन्त्रीले लिए शपथ

सुर्खेत- तीन महिनापछि कर्णाली सरकारले पूर्णता पाएको छ। जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएको तीन महिनाभन्दा लामो समयपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। कात्तिक १६ गते शाही मुख्यमन्त्री नियुक्त भएका थिए।

सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा सहमति नभएपछि लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।
आइतबार पाँच मन्त्रीले शपथ लिएका छन्। शपथसँगै मन्त्रिपरिषद्ले पनि पूर्णता पाएको छ।

कार्यविभाजन अनुसार कांग्रेसका यज्ञबहादुर विसीले सामाजिक विकास मन्त्रालय, कांग्रेसकै हिमबहादुर शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेकपा (माओवादी केन्द्र) का गणेशप्रसाद सिंहले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय पाएका छन्।

त्यस्तै माओवादी केन्द्रकै कार्चेन लामाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र एकीकृत समाजवादीका पदम रोकायले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनाएको छ।

कर्णालीमा मुख्यमन्त्रीसहित आठ मन्त्रालय छन्। जसमा माओवादी केन्द्रका विन्दमान विष्टले आर्थिक मामिला तथा योजना मन्त्रालय र समाजवादीका संसदीय दलका नेताले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

कर्णाली प्रदेश सरकारले पूर्णता पाए पनि मन्त्रिपरिषद् भने महिलाविहीन बनेको छ । सरकारमा मुख्यमन्त्रीसहित आठ जना मन्त्रीहरू छन्, तर ती सबै पुरुष हुन् । मन्त्री बन्नसक्ने क्षमता भएका महिला सांसद भए पनि राजनीतिक दलहरूले महिलालाई मन्त्री पदका लागि सिफारिस गरेनन् ।

यसअघि नेकपा माओवादी केन्द्रबाट विमला केसी र सीताकुमारी नेपाली मन्त्री भएका थिए । तर, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तीन दलीय गठबन्धनको सरकारले महिलालाई उपेक्षा गरको हो ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको