काठमाडौँ – नेपाल अमेरिका चेम्बर अफ कमर्सले एमसीसी सम्झौता तुरुन्त पास गर्न दलहरूलाई अनुरोध गरेको छ । एमसीसीले देशको अर्थतन्त्रलाई मजबुत बनाउने भन्दै यसलाई यथाशीघ्र संसदबाट पास गर्नपर्ने धारणा राखेको हो । यस सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गर्नुपर्ने कुरालाइ मुलुकमा रहेको सबै व्यापारिक समूह र संगठनको पूर्ण समर्थन रहेको पनि जनाएको छ ।
एमसीसीले नेपालको हित भलाइ र विकासको लागि आएको एमसीसी अनुदानलाइ ग्रहण गर्नुपर्ने चेम्बरको धारणा छ । नेपाल सरकारको अग्रसरतामा नेपालको आर्थिक वृद्धिको चिरफार (नेपाल ग्रोथ डाइग्नोस्टिक)को लागि अर्थविद् एव समाजका प्रवुद्ध वर्गका सहभागितामा अध्ययनले उचित र प्रर्याप्त पूर्वाधारको विकास अभावमा नेपालको विद्युत क्षेत्रको विकास सम्भव नहुने भन्दै एमसीसी अनुदान ग्रहण गर्नुपर्ने चेम्बरले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले उचित र प्रभावकारी विद्युत प्रसारणलाइन नहुँदा अर्बौ रूपैयाँ बराबरको नोक्सानी हुने तथ्यांक सार्वजनिक गर्ने गरेको भन्दै एमसीसी पास हुँदा यसबाट बन्ने परियोजनाले विद्युत विकासमा ठूलो भूमिका खेल्ने चेम्बरको भनाइ छ ।
हाल नेपालमा उत्पादन हुँदै आएको लगभग ३ हजार मेगावाट विद्युत र भविष्यमा उत्पादन हुन सक्ने अतिक्ति ३ हजार मेगावाट विद्युतको वितरण, खपत र विदेशमा विद्युत निकासीका लागि विद्युत प्रसारण लाइको विस्तार र विकास नभए त्यसै खेर जाने हुँदा प्रसारण लाइन जस्ता पुर्वााधार विकासको सुरुवात एमसीसीले गर्ने र यसबाट नयाँ लगानीकर्ता नेपालप्रति आकर्षित हुन्छ्न् ।
एमसीसीको अनुदान सहयोग रकमको प्रयोग यस्ता विद्युत प्रसारण लाइनको विकास र विस्तारमा प्रयोग हुन सकेमा यसले नेपालको विद्युत विकासको क्षेत्रमा ठुलो योगदान पुग्न जाने र यसबाट विद्युत परियोजनाको निर्माणका क्रममा ७ हजार भन्दा नेपाली जनाताले पूर्ण रोजगारी पाउन सक्ने अवस्थाको सृजना भइ स्थानीय श्रोत र साधनको पूर्ण सदुपयोग हुन मद्दत पुग्ने चेम्बरको भनाइ छ ।
हाल नेपाली छापा र सामाजिक सञ्जालमा एमसीसी अनुदानबाट नेपालको हित र सुरक्षा विपरीत छ भन्ने विभिन्न अफवाहहरू फैलाइएकाे चेम्बरको भनाइ छ । यसमा अर्थ मन्त्रालय र एमसीसीले एकै ठाउँमा बसेर छलफल चलाएर जवाफ दिनुपर्नेछ ।
साथै एकपटक कुनै सम्झौतामा हस्ताक्षर गरिसके पछि त्यसको सम्मान नगरी बाहिरन खोज्दा यसले अन्य लगानीमा समेत असर पार्ने चेम्बरले उल्लेख गरेकाे छ ।
निजी क्षेत्रका र यसका अग्रणी नेताहरु लागयत सर्वसाधरणलाई देश विकास र हितका लागि आएको एमसीसी अनुदानलाइ प्रतिनिधिसभाले तुरुन्त अनुमोदन गर्नुपर्ने भनी सामजिक तथा राजनैतिक दबाब सृजना गर्न चेम्बरले आग्रह गरेको छ ।
