ओलीले कडा जवाफ दिएपछि प्रचण्ड सचिवालयले दियो यस्तो प्रतिक्रिया

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बेलुका फोन सम्वाद भएको प्रचण्डको सचिवालयले पनि जानकारी गराएको छ। फोनसम्वादमा ओलीले गैरजिम्मेवार जवाफ फर्काएको प्रचण्डको सचिवालयले बताएको छ।

यसअघि एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दुई अध्यक्षबीच फोन सम्वाद भएको र त्यसमा एमालेका तर्फबाट अध्यक्ष ओलीले प्रष्ट धारणा राखेको बताएका थिए। दुई अध्यक्षबीच अमेरिकी आर्थिक सहयोग परियोजना, एमसीसीबारे कुरा भएको थियो।

त्यसक्रममा प्रचण्डले एमसीसी सामान्य आर्थिक सहयोगको परियोजना मात्र नभएर राष्ट्रिय राजनीतिको मुद्दा बनिसकेको बताएका थिए।

‘यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं। यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं’, ओलीसँगको सम्वादमा प्रचण्डको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव रमेश मल्लले भनेका छन्, ‘देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं।’

तर, ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको मल्लले बताएका छन्। ‘उहाँले बरु तपाईंहरूसँग बहुमत छ, पास गर्नुस्। तर, गैरसांसद रहदासम्म संसद् चल्न भने दिन्नौं भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो’, मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख रिजालले भने ओलीले एमसीसीबारे सत्ता गठबन्धनलले नै निर्णय गर्नुपर्ने भनेको उल्लेख गरेका थिए।

‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै रिजालले भनेका छन्, ‘हटाइसकेपछि ४–५ महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नुभएको रहेछ। अहिले सत्ता चलाइरहनुभएको छ। प्रतिनिधि सभामा १ सय ६५ सदस्य छन्। पहिले आफूले निर्णय गर्नुस् नेकपा (एमाले) त निर्णय गरिहाल्छ।’

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको