पत्रकार गिरिजा अधिकारी ‘जनसेवा श्री’ पदकबाट सम्मानित

पत्रकार गिरिजा अधिकारीलाई जनसेवा श्री पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा बिहीबार उक्त पदक बिहीबार प्रदान गरेकी हुन्।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण प्रदान गरिएको हो। संविधान दिवसका अवसरमा सरकारले नौ सय तीनजनालाई मान-पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।

अधिकारी पत्रकार, साहित्यकार तथा गीतकार हुन् । २०४२ सालमा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका उनी मकवानपुरका स्थायी वासिन्दा हुन् २०५७ सालबाट पत्रकारितामा आवद्ध अधिकारीले पर्सा जिल्लाको वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् ।

अधिकारीले पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा सम्पादकीय विभागको नेतृत्व गरेर काम गरिसकेका छन् । काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको उपसम्पादक, सौर्य दैनिकको बरिष्ठ उपसम्पादक, हेटौंडाबाट प्रकाशित हुने थाहा सन्देश दैनिक र प्रदेश दैनिकको सम्पादक, टिम टेलिभिजनको डेक्स सम्पादक र साम साप्ताहिकको सम्पादकको रुपमा काम गरिसकेका उनी हाल तु खबर डटकमको सम्पादकको रुपमा कार्यरत छन् ।

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व दुर्गानन्द झा, स्वरसम्राट स्व नारायणगोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरियो ।

यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व पोष्टबहादुर बोगटी, स्व मार्शलजुलुम शाक्य, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सुशोभन गरियो । विभूषण प्राप्त गर्नेहरुको सूची करिब पाँच सयको सङ्ख्यामा भएकाले अहिले कार्यक्रम जारी रहेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्रीगण र उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

सिफारिस

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदको लागि विना धितो ऋण पाउने भएका छन...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन ७' को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

वोर्ल्ड क्लास स्कुलमा सरस्वती पूजासँगै बालबालिकाको अक्षरारम्भ (तस्वीरहरू)

काठमाडौं - माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री...

कास्कीको सुन्दर पर्यटकीय गाउँ सिक्लेस (तस्वीरहरू)

कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस ।...

धेरै पढिएको