मेयर उम्मेदवार सिंह भन्छिन् – विज्ञले काठमाडौं बनाउने हाे सबैसंग सहकार्य हुन्छ

काठमाडौं महानगरपालिकाको मेयरका लागि सिर्जना सिंहले बुद्धिजीवीहरुसँग सहकार्य गरेर नै काठमाडौं सुधार्ने प्रतिवद्वता व्यक्त गरेकी छन्। काठमाडौंलाई काठमाडौं जस्ताे बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नाे र अर्काे नभनी काठमाडौंलाई व्यवस्थापन गर्ने समेत बताईन। काठमाडौंलाई कला संस्कृतिकाे संरक्षणमामा लाग्ने समेत बताईन। काठमाडौंमा बुद्धिजीवीहरुकाे भेलालाई सम्बाेधन गर्दै आफ्नाे आफ्नाे पेश र क्षेत्रका विज्ञहरुमाे सल्लाहमै काठमाडौंलाई निर्माण गर्ने अभिभारा सम्हाल्ने समेत सिंहले बताईन।

´काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र स्वच्छ सफा काठमाडौंनै प्रमुख एजेन्डा हाे,` सिंहले भनिन। मेयर भएकै दिनदेखिनै सवैसंग सहकार्य गरेर आगाडि बढ्ने समेत बताईन। काठमाडौंकाे आाफ्नै माैलिकता रहेकाेले याे लाेप हुनबाट बचाउने र काठमाडौं समृद्धि दिने काम हाम्राे काधमा आएकाे सिंहले बताईन। काठमाडौं अस्तव्यस्त छ, विगतमा पिएलसिंहकाे कार्यकालमा केही सुधारिएको त्यसपछि बनाउनुकाे सट्टा विगार्ने काम भएकाे समेत सिंहले बताईन।
काठमाडौंमा सुविधासम्बन्न अस्पताल खोलेर महानगरबासीलाई सहुलियतमा स्वास्थ्य सेवा दिने समेत सिंहले घोषणा गरिन।

‘महानगरमा अस्पताल खोलेर दिनदु:खी र जेष्ठ नागरिकलाई निशुल्क उपचार दिने छौ,’ सिंहले भनिन्। महानगरले अस्पताल खोलेपछि सरकारी अस्पतालमा हुने चाप समेत कम हुने र अन्य अस्पतालको सेवा पनि सुधारिने सिंहले बताइन।
काठमाडौं बनाउनुको विकल्प नरहेको बताउदै मेराे पार्टीले निकालेकाे घाेषणापत्र र मेराे संकल्प पत्रलाई हेरेरनै काठमाडौंकाे विकास गर्ने सिंहले बताईन।। अहिलेको नेतृत्वले फोहोरो समेत व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको समेत बताइन। ‘हामी काठमाडौंलाई फोहोर हुन दिने छैनौ, विदेशी आउदाँ नाक खुम्च्याउने छैनन, सम्पदाको संरक्षण गर्ने छौ,’ सिंहले भनिन्। ‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो,’ सिंहले भनिन्। घरघरबाटै सबैलाई महानगरले सेवा दिने समेत बताइन। सुरक्षित काठमाडौं बनाउने र मध्यरातमा हिड्ने वातावरण बनाउने समेत सिंहले बताईन। ´काठमाडौं ७७ जिल्लावासीकाे महानगर हाे, सबैकाे सुरक्षाकाे जिम्मा लिन छु,` सिहंले भनिन। महिला हाेस वा पुरुष सबैलाई आत्मनिर्भर बनाउनेनै मेराे दायित्व हुने समेत सिंहले बताईन।

३२ वडामा जेष्ठ नागरिक भवन बनाउने पार्क बनाउने तर व्यापारी कम्लेक्स नबनाउने त्याे निजी क्षेत्रले बनाउन दिने समेत बताईन। यहाँ महानगरकाे जग्गा व्यापारिक कम्लेक्स बनाएर सकाउने काम भएकाे बताईन।

महानगर मेयरका प्रत्यासी सिंहलाई शुभकामना दिदैँ वरिष्ठ नीर शाहले सिंहकाे बारेमा लामाे चिन्ता र व्याख्या गरिरहन नपर्ने बताउँदै शेर बहादुर र प्रकाशमानलाई पूर्वराजाले थुन्दा टिफिनमा खाना बाेकेर जान पनि प्रतिबन्ध गरिएकाे बताए। सिंहकाे पार्टीमा लाग्दा सिंहलाई नजरबन्द गरिएकाे थियाे। उहाँकाे प्रतिस्पर्धा मा उत्रिएका केशव स्थापितलाई राजालेनै मेयर बनाएकाे बताँउदै अब यहिँबाट काे उम्मेद्वार राम्राे भन्ने प्रष्ट भएकाे शाहले बताए। ´राजासँग सम्बन्ध सुधार्नका लागि बा बादीहरुले स्थापितलाई पठाईएकाे थियाे, याे ईतिहास खाेजिनु जरुरी छु,` शाहले भने। काठमाडौंमा जित लाेकतन्त्रकाे हुने बताउँदै लाेकतन्त्रबादीले नहार्ने समेत ठाेकुवा शाहले गरेका छन्।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको