काठमाडौं– नेपाल प्रेस युनियन काठमाडौंको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित भएका छन् ।
मंगलबार काठमाडौंमा भएको अधिवेशनमा महेश्वर गौतमलाई पराजित गर्दै दुलाल अध्यक्ष भएका हुन्। दुलालले २८५ मतसहित विजयी भए भने उनका प्रत्यासी गौतमले १९३ मत ल्याएका थिए ।
उपाध्यक्षमा अच्यूत रेग्मी, सचिव अक्कल कुँवर, सह सचिव सञ्चिता खनाल, कोषाध्यक्ष निरज तामाङ र सदस्यहरु भने निर्विरोध भए ।
त्यस्तै केन्द्रीय पार्षद पनि सर्वसम्मत गरेको छ। गत माघ ७ गते चितवनमा बसेको प्रेस युनियनको केन्द्रीय कार्यसमितिको बैठकले आगामी चैत २१ र २२ गते नेपालगञ्जमा चुनावी महाधिवेशन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार माघ मसान्तसम्म सम्पूर्ण ठाउँको अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको थियो।