७ वटै प्रदेश प्रहरी निमित्त प्रमुखहरुलाई महानिरीक्षक ज्ञवालीले दिए यस्तो निर्देशन

काठमाडौं– प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले ७ वटै प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरुलाई प्रहरी संगठनले अख्तियार गरेको नीति तथा कार्ययोजना कार्यान्वयनमा उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालबाट भिडियो कन्फ्रेन्सद्वारा महानिरीक्षक ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखसँग शान्ति सुरक्षा तथा समसामयिक विषयमा छलफल गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौतीलाई समाधान गर्न प्रहरी सक्षम रहेको उल्लेख गर्दै त्यस्ता चुनौतीहरुको समाधान गर्न उच्च सतर्कताकासाथ प्रहरी परिचालन गरी आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन दिएका थिए ।

उनले आवश्यकताअनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँग समेत समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्नुपर्ने बताए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै पनि घटना, दुर्घटना भएमा तत्काल आवश्यकता अनुसार प्रहरी परिचालन गरी विधि तथा प्रक्रिया सम्मतरुपमा कानुनी कारवाही अगाडि बढाउनुपर्ने बताए ।

सबै प्रदेशका प्रहरी प्रमुखहरुले आ–आफ्नो प्रदेशको सुरक्षा चुनौतीको पहिचान गरी उच्च रणनीतिकासाथ समस्या समाधानमा लाग्न उनले निर्देशन दिएका थिए ।

प्रहरी कारवाहीको क्रममा मानवअधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले हिंसाजन्य क्रियाकलापमा प्रहरीको संलग्नता अक्षम्य हुने बताए ।

राजमार्ग अवरोध, अवाञ्छित गतिविधि लगायत अन्य अपराधिक गतिविधि नियन्त्रणमा पूर्ण सक्रियताका साथ खटिनु पर्नेमा उनले जोड दिए ।

अन्तरक्रियाको क्रममा प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरुले आ–आफ्नो प्रदेशको शान्ति सुरक्षा एवं प्रहरीका काम कारवाहीका बारेमा जानकारी दिएका थिए ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको