२७५ जनालाई सत्ता सञ्चालनका विषयमा आजदेखि माओवादी केन्द्रले प्रशिक्षण दिने

नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा बुधबारदेखि प्रशिक्षण दिने भएको छ । पार्टीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।

माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौँ कुमारी हलमा राखेर दुई राखेर सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले बताए । बुधबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन सहित प्रशिक्षण दिएपछि बिहीबार वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समापन गर्ने भएका छन् ।

‘माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुख सबैलाई खबर गरी सकेका छौ । सबै आउनुहुन्छ । बुधबार बिहान ११ बजे अध्यक्ष प्रचण्डले उद्घाटन गरेपछि बेलुका ५ बजे सकिन्छ । बिहीबार बिहान ८ बजे सुरु भई बेलुका ६ बजे नारायणकाजी श्रेष्ठले समान गरेर सकिनेछ’ सचिव ढकालले भने, ‘सबै नेता र विषय विज्ञलाई प्रशिक्षण दिन विषय निर्धारण गरिएको छ । त्यसैमा रहेर जनप्रतिनिधिलाई प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षण दिएपछि पक्कै पनि जनप्रतिनिधिलाई राम्रो फिड ब्याक मिल्ने अपेक्षा लिएका छौ ।’

माओवादीले प्रमुखमा १२१ जना र उपप्रमुख १२८ जना,पार्टीका इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष सहित केही स्वतन्त्रबाट जिते पनि माओवादीकै भएकाले प्रतिनिधिको संख्या बढ्ने भएको हो ।

स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण तयारी समिति समेत गठन गरिएको छ । जसमा वर्षमा पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, उर्मिला अर्याल, देव गुरुङ र प्रकाश विकल्प छन् । कुन–कुन विषयमा कसले कसरी प्रशिक्षण दिने भन्ने विषयमा पार्टीका तर्फबाट ती नेताहरुले गृह कार्य गर्ने भएका छन् ।

प्रशिक्षणको रुपमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, उर्मिला अर्याल, देव गुरुङ, मुक्ति प्रधान लगायत नेताहरु छन् । विषय विज्ञको रुपमा लीलामणि पौडेल, मीनबहादुर श्रेष्ठ, डा रामकुमार फुयाल, शैलेन्द्र गिरी लगायत व्यक्तिलाई बोलाएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तहमा दोहोर्याएर उठाएका ५० प्रतिशत प्रमुखहरु पराजित भएपछि माओवादीले बोलाएर सत्ता सञ्चालनका विषयमा पहिलोपटक प्रशिक्षण दिन लागेको हो । अहिले जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिएमा पुनः नदोहोरिने अपेक्षा लिइएको छ ।

बुधबार र बिहीबार जनप्रतिनिधिलाई राजनीतिक, वैचारिक, प्रशासनिक, कानुनी, लेखा परीक्षण, सूचना प्रविधिक र जनतासँगको सम्बन्ध सुधारका विषयमा प्रशिक्षण दिइने भएको छ ।

बुधबार र बिहीबार प्रदेश प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिएपछि शुक्रबार केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनका विषयमा समीक्षा गर्दै समसामयिक विषयमा छलफल गर्ने भएको छ ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको