वीरेन्द्रको सालिक हटाइएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिए कडा प्रतिक्रिया

नेपालगन्जको धम्बोझी चोकमा पुन:स्थापित स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक २४ घण्टा नबित्दै हटाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन्।

धम्बोझी चोकको सालिक स्थानीय प्रशासनले प्रहरीको बल प्रयोग गरेर हटाएपछि लिङ्देनले गठबन्धन सरकारलाई इतिहासको सम्मान गर्न आग्रह गरेका छन्।

नेपालगन्जमा वीरेन्द्रको सालिक प्रहरीले हटायो, झडपपछि गोली चल्यो उनले नेपालगन्जमा जनस्तरबाट पुनःस्थापित वीरेन्द्रको सालिकमाथि सरकार पक्षबाट तोडफोड भएको पनि बताएका छन्।

‘स्वर्गीय राजा वीरेन्द्रको सालिकमा सरकार पक्षबाट भएको तोडफोड र जनसाधारण माथिको धरपकडमा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न तथा इतिहासको सम्मान गर्न नेपाल सरकारसँग माग गर्दछु।’

त्यस्तै नेपालगन्जका निवर्तमान मेयर तथा राप्रपाका महामन्त्री धवलशमशेर राणाले सालिक राख्न अवरोध गरेर प्रशासनबाट निन्दनीय कार्य भएको आरोप लगाए ।

सालिक राख्ने काममा अवरोध गरेर प्रहरी प्रशासनबाट निन्दनीय घटना भयो । स्वर्गीय राजा, त्यसमाथि एकदमै लोकप्रिय राजाको सालिक पुनर्स्थापना गर्दाखेरी के उहाँहरुलाई चिन्ता ? सालिक राख्न खोजिएको ठाउँमा पहिला राजा वीरेन्द्र शाहकै सालिक थियो । त्यसमाथि त्यो ठाउँको नामै वीरेन्द्र चोक हो । सत्ताधारी दलहरुसमक्ष म निन्दा गर्न चाहन्छु । मेरो यसमा धेरै ठूलो विरोध छ ।

वीरेन्द्र चोकमा सालिक लगाइसकेपछि हटाउनुले राजावादीहरूलाई ठूलो चुनौती आएको छ । पहिला त्रिभुवन चोकमा लगायौँ, त्यतिबेला म मेयर थिएँ । अहिले स्थानीय सरकार र संघीय सरकारको यो कार्यले मलाई मर्माहत बनाएको छ ।

सालिक पार्टीको निर्णयअनुसार राख्न खोजिएका होइन । राष्ट्रवादीहरूले राखेको हो । खाली हाम्रो आदरणीय तथा महान् व्यक्तित्व स्वर्गीय राजाको सालिक राख्न अवरोध भएपछि त्यो सालिक बचाउनका लागि राप्रपाका कार्यकर्ता होमिने नै भए । विगतमा त्रिभुवन चोकमा पनि राष्ट्रवादीहरूले सालिक राखेपछि त्यसलाई हामीले बचाएका थियौँ ।

अहिले सालिक राखिएको ठाउँमा अर्को कसैको सालिक थिएन । विगतमा स्वर्गीय राजा वीरेन्द्रकै त्यहाँ सालिक थियो । त्यो बेला पनि आन्दोलनकारीहरूले कसैलाई सोधेर भत्काएको होइन । यो पाली पनि राष्ट्रवादीहरूले कसैलाई नसोधेर पहिले भत्काएको ठाउँमा पुनः सालिक राखेको मात्रै हो ।

सेतु विकको सालिक भएको अर्कै चोक हो । सेतु विकको सालिक भएको ठाउँमा बरु राजा ज्ञानेन्द्रको सालिक थियो । त्यसलाई हटाएर सेतु विकको सालिक लगाइएको हो । वीरेन्द्रको सालिक प्रहरीले हटाएको रिसमा केही केटाहरू गएर सेतु विकको सालिक तोडेको भन्ने सूचना पाएको छु ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको