अब प्रहरीमा परिवार साक्षी राखेर मात्र राजीनामा दिन पाइने

काठमाडौं – नेपाल प्रहरीमा राजीनामा दिँदा श्रीमती वा घरपरिवारको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको छ।

प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमती तथा घरपरिवारको स्वीकृतसहित स्वयम् उनीहरूलाई उपस्थित गराउनुपर्ने भएको हो।

प्रहरी प्रधान कार्यालयले घरपरिवार र श्रीमतीको सल्लाबिना नै राजीनामा दिँदा कतिपय प्रहरी कर्मचारीको परिवार नै अलपत्र पर्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै राजीनामा दिँदा श्रीमतीको सहभागिता अनिवार्य गराएको छ।

विभिन्न कारणले हरेक वर्ष प्रहरी कर्मचारीले राजीनामा दिने गरेका छन्।

प्रहरी जवान र हवल्दारले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा राजीनामा बुझाउन पाउने प्रावधान छ।

प्रहरी सहायक निरीक्षकले प्रहरी नायब महानिरीक्षक, प्रहरी नायब निरीक्षकले प्रहरी अतिरिक्त महानिरीक्षकलाई राजीनामा बुझाउने प्रचलन छ।

प्रहरी निरीक्षकदेखि माथिल्लो पदका प्रहरी अधिकारीको राजीनामा भने प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट स्वीकृत गराउने गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले राजीनामा दिँदा श्रीमतिको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको स्वीकारे।

“प्रहरी कर्मचारीले राजीनामा गर्न पाउने अधिकार छ, तर घरपरिवारको सहमति र श्रीमतिको उपस्थिति अनिवार्य गराएर मात्र स्वीकृत गर्ने गरेका छौं।”

राजीनामापछि कतिपय प्रहरी कर्मचारीको पारिवारिक अवस्था दयनीय देखिएको बताउँदै उनले राजीनामा दिन नपाउने भन्ने नभई श्रीमती वा घरपरिवारको अनिवार्य उपस्थितिमा मात्र स्वीकृत हुने बताए।

राजीनामापछि अधिकांश प्रहरी कर्मचारी वैदेशिक रोजगारीमा जाने गरेका छन्।

आजको नेपाल समाचारपत्रमा तीन वर्षको तथ्यांकअनुसार सात हजार २२९ प्रहरी कर्मचारीले राजीनामा दिएको समाचार छापिएको छ। राजीनामा दिनेमा हवल्दार र प्रहरी जवानको संख्या धेरै छ।

सिफारिस

आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो २०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले...

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal) चरा भेटिएको छ। ललितपुरको नागदहमा हालै प्रताप गुरुङ र गंगाराज सुनुवारले यस चरालाई क्यामेरामा कैद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal)...

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

धेरै पढिएको