काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ। बुधबार बसेको नगरसभाको ११ औं अधिवेशनले नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको हो ।

सभामा मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका विषयहरुको जवाफ दिएपछि पारितका लागि निर्णयार्थ पेश गरेका थिए । उनले सदस्यहरुले दिएका सुझावहरूलाई ऐन, नियम र कानुनअनुसार यथासम्भव समावेश गरिने बताए ।

मेयर शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि वडाअध्यसहितसँग थप सुझाव मागिएको थियो। वडाअध्यक्षहरुले नीति तथा कार्यक्रम अध्ययन गरेर सुझाव महानगरपालिकामा दिएका थिए।

तिनै सुझावअनुसार थप संशोधनसहित महानगरपालिकाले नीति तथा कार्यक्रम पारित गरेको हो।

ध्वनीमतका आधारमा प्रस्तावका पक्ष र विपक्षमा मतदान गर्न आह्वान गरिएको थियो । अधिकांश सदस्यहरूले ‘हुन्छ’ भनेका थिए । हुन्न भन्ने आवाज सुनिएन ।

यसका आधारमा मेयर साहले संशोधित नीति कार्यक्रम पास भएको घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here