माओवादीले बनायो १२५ सदस्यीय पोलिटब्युरो, पहिलोमा प्रचण्ड, दोस्रो र तेस्रोमा को ? (नामसहित)

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्युरो बनाएको छ। अहिले ती नामहरू प्रज्ञा भवन कमलादीमा बाचन भएको छ।

असार १९ गतेदेखि जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार १२५ सदस्यीय पोलिटब्युरो घोषणा गरेका हुन्।

पोलिटब्युरोको वरीयताको पहिलो नम्बरमा प्रचण्डकै नाम छ। त्यसपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र तेस्रो नम्बरमा पूर्व सभामुखसमेत रहेका कृष्णबहादुर महराको नाम रहेको छ।

माओवादीले गत पुसमा काठमाडौंमा आठौं महाधिवेशनबाट अपूरो केन्द्रीय कमिटी बनाएको थियो। त्यसलाई पनि यही बैठकमा पूर्णता दिइएको छ।

प्रचण्डमाथि अहिले पार्टीभित्रबाटै पोलिटब्युरो, स्थायी कमिटी र महासचिवसहितका पदाधिकारी पनि यथाशिघ्र टुंग्याउन दबाब छ।

यी हुन् माओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरु
पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृकाप्रसाद यादव, जयपुरी घर्ती रहेका छन्।

त्यस्तै लीलामणि पोखरेल, दिनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, श्रीराम ढकाल, सुरेन्द्रकुमार कार्की, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, हितमान कालीबहादुर मल्ल, कमला रोका, झक्कुप्रसाद सुवेदी, सुरेशकुमार राई, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, गंगा कार्की लगायत छन् ।

महेश्वरजंग गहतराज, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, जोखबहादुर महरा, राजकुमार यादव, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, सूर्य सुवेदी, सावित्रीकुमार काफ्ले, दिलीप प्रजापति, लक्ष्मण पन्त लगायत रहेका छन्।

हरिबहादुर चुमान, लेखनाथ न्यौपाने, रामेश्वर राय, देवेन्द्र पौडेल, गणेश शाह, सुनील मानन्धर,देवेन्द्र पराजुली, सीता पोख्रेल, अजम्बर काम्वाङ, ओनसरी घर्ती, महेन्द्र पासवान, वामदेव क्षेत्री, बलावती शर्मा, प्रकाशहरि पोखरेल, दीपेन्द्र पुन, सत्या पहाडी, सन्तुकुमार चौधरी, नेपबहादुर चौधरी, दुर्गाजयन्ती राई, रेनु दाहाल, देवराज रेग्मी, केशव नेपाल, बीना मगर, शिवराज चौलागाई, युवराज दुलाल छन् ।

यस्तै रामप्रसाद सापकोटा,अजयशंकर नायक, सुशिला सिम्खडा, कुमारी मोक्तान, राजकुमार शर्मा, धर्मशीला चापागाई, चूडामणि खड्का, हरि दाहाल, ओम शर्मा, लोकेन्द्र लम्साल, रामदीप आचार्य, वसन्त घर्ती, राजन दाहाल, टीका बुढाथोकी, शालिकराम जमकट्टेल, विमला सुवेदी, गोपाल शर्मा, निर्मल बराल, कृष्ण केसी, हिमाल शर्मा, रेनु चन्द, श्याम श्रेष्ठ, खिमलाल देवकोटा, त्रिलोचन भट्ट, महेन्द्रबहादुर शाही लगायत छन् ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको