प्रचण्ड र आरजु एकैठाउँमा भेटिएपछि विष्णु रिजालले दिए यस्तो प्रतिक्रिया

काठमाडौं ।

भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु राणा देउवाबीच भेट भएसँगै यसबारे अनेक टिप्पणीहरु सुरु भएको छ ।

शनिवार बिहान नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा प्रचण्ड र आरजुको भेट भएको हो। उपचारका लागि केही दिन अघि नै आरजु भारतमा पुगेकी थिइन्। भेटमा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहाल सहभागी भएका थिए ।

भेटलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यो दृश्य लज्जासपद भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेको आरजु र प्रचण्डको भेटबारे सामाजिक सञ्जाल ट्वीटरमा रिजालले लेखेका छन्, ‘एउटा लज्जास्पद दृष्य प्रधानमन्त्रीपत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बॉडफॉटको भद्दा झल्को दिन्छ ।’

रिजालले भनेका छन्, ‘२०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि देउवा र महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको थियो।’ यो दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शिर निहुरिएकोसमेत उनले दाबी गरेका छन्।

सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बॉडफॉटको अन्तिम टुंगो लगाउने र हालै काठमाडौंमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्य सफल हुँदा प्रचण्ड–देउवाहरू खुसी भएको भए पनि यस्ता कुरुप दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शीर निहुरिएको बताएका छन् ।

प्रधानमन्त्री पत्नी दिल्लीमै हुँदा प्रचण्डको भ्रमण हुन लागेको बारे सोधिएको प्रश्नमा प्रचण्डले आरजु व्यक्तिगत कारणले र आफू नितान्त देश र जनताको हितमा केन्द्रित दुई देशबिचको सम्बन्ध बढाउन सद्भावना भ्रमण गर्न लागेको बताएका थिए।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको