अर्थमन्त्रीमा फेरि पनि जर्नादन शर्मा !

काठमाडौं – संसदीय विशेष समितिले अहिलेसम्म छानविन गर्दा पनि जर्नादन शर्माले अनाधिकृत व्यक्तिलाई बजेटमा करको दर हेरफेरमा प्रवेश गराएको तथ्य फेला पारेन ।

संसदीय विशेष समितिको कार्यविधि ७ दिन थप गर्ने निर्णय आएको छ । समितिले अबको ७ दिनमा कुनै तथ्य फेला नपारेमा प्रतिवेदन शर्माकै पक्षमा जान सक्छ । त्यसपछि उनी पुनः अर्थ मन्त्रालय फर्कने अवस्था बन्छ ।

आफूले गल्ती नगरेको दाबी गर्दै शर्माले छानविन सहज बनाउन राजीनामा दिएका थिए । उनले संसदको रोष्टममा उभिएर गल्ती प्रमाणित गर्न चुनौती दिएका थिए ।

छानविनका लागि आफूले राजीनामा दिएको भनेर निस्किएका शर्माको ठाउँमा प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई नियुक्ति दिएनन् ।

अर्थ मन्त्रालयमा शर्मालाई फेरि ल्याउन प्रचण्ड पनि सकारात्मक छन् । यसकारण पनि माओवादीले नयाँ मन्त्री पठाएको छैन । संसदीय समितिले छानविन पूरा गरेपछि शर्मा फेरि अर्थमा फर्कने बुझिएको छ ।

संसदीय समितिले आजसम्म पूर्वमन्त्री शर्मासहित, सचिव, सहसचिव, बजेट निर्माणमा संलग्न कर्मचारी, राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, पहिलो पटक समाचार लेख्ने पत्रकार लगायतसँग बयान लिइसकेको छ  ।

तर समितिले अहिलेसम्म बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्ने काममा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुने कुनै प्रमाण फेला पार्न सकेको छैन ।

निवर्तमान अर्थमन्त्री शर्मामाथि २०७९र०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ ।

यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । छानबिन समिति गठन भए पछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए  ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको